विद्युत् प्राधिकरणको ठेक्का काण्डमा सांसद डम्बर तामाङसहित ६ जनाविरुद्ध पक्राउ पुर्जी

nepaltathya_news nepaltathya_news
|
शनिबार, आषाढ २१, २०८२
|
|
४ पटक हेरिएको
Shares

सारांश

  • २१ असार, काठमाडौं ।
  • नेपाल विद्युत् प्राधिकरणसँग सम्बन्धित ठेक्का विवादमा बागमती प्रदेशसभा सदस्य डम्बर तामाङसहित ६ जनाविरुद्ध ललितपुर जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेको छ।
  • सहन इन्जिनियरिङ कन्सर्न प्रालिका अध्यक्ष सन्तकुमार गुरुङको जाहेरीको आधारमा अदालतले पक्राउ आदेश दिएको हो।

२१ असार, काठमाडौं ।

नेपाल विद्युत् प्राधिकरणसँग सम्बन्धित ठेक्का विवादमा बागमती प्रदेशसभा सदस्य डम्बर तामाङसहित ६ जनाविरुद्ध ललितपुर जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेको छ। सहन इन्जिनियरिङ कन्सर्न प्रालिका अध्यक्ष सन्तकुमार गुरुङको जाहेरीको आधारमा अदालतले पक्राउ आदेश दिएको हो।

डम्बर तामाङ राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता तथा बागमती प्रदेशका पूर्वसहकारी मन्त्री हुन्। उनी नेपाल विद्युत् प्राधिकरणका पूर्वकार्यकारी निर्देशक कुलमान घिसिङका काका ससुरा तथा राप्रपा नेता बुद्धिमान तामाङका सहोदर भाइ हुन्। विवादको जरो चिलिमे–त्रिशुली २२० केभी प्रसारण लाइन अन्तर्गतको सव–स्टेशन निर्माणमा रहेको छ। चीनको पिगांओ ग्रुप अफ कम्पनिजले २०७४ कात्तिकमा १ अर्ब ११ करोड रुपैयाँमा प्राप्त गरेको उक्त ठेक्कामा सहन इन्जिनियरिङले सव–कन्ट्रयाक्ट पाएको थियो। आरोपअनुसार, प्राधिकरणका तत्कालीन प्रमुख घिसिङले दबाब दिएर सहन इन्जिनियरिङमार्फत् लेबर कन्ट्रयाक्ट आफ्ना आफन्त डम्बर तामाङको कम्पनी प्रो–सोलुसन्स लाई दिलाएका थिए।

स्रोतका अनुसार, सहन कन्स्ट्रक्सनले झन्डै ६६ करोड लगानी गरिसकेकोमा करिब ३८ करोड मात्रै भुक्तानी पाएको छ। बाँकी रकम पिंगाओ कम्पनीले प्रो–सोलुसन्सलाई सोझै भुक्तानी गरेपछि सहन कन्स्ट्रक्सनलाई आवश्यक भुक्तानी नपरेको बताइएको छ। यसै विवादका आधारमा डम्बर तामाङ, प्रो–सोलुसन्सका संस्थापकहरू सन्तोष पौडेल, संचिता श्रेष्ठ, राजेन्द्र अवस्थी, सरोज शाही र दिनेशकुमार यादवविरुद्ध आपराधिक विश्वासघातको आरोपमा पक्राउ पुर्जी जारी गरिएको हो। उनीहरू उच्च अदालत पाटनमा निषेधाज्ञा माग्दै निवेदन दिएका थिए, तर अदालतले असार ९ गते उक्त निवेदन खारेज गरिदिएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?