ओली सरकार असफल भयो, यो सरकार आफैँ कुहिएर झर्छ : दीनानाथ शर्मा
सारांश
- २१ असार, काठमाडौँ ।
- नेकपा (माओवादी केन्द्र) नेता तथा पूर्वमन्त्री दीनानाथ शर्माले वर्तमान सरकार असफल भएको दाबी गरेका छन् ।
- उनले भने,‘यो सरकारलाई अब नालायक त के भनौँ, यो भन्दा त्यति मिठो चाहिँ नलाग्ला, तर यो सरकार असफल भयो ।
२१ असार, काठमाडौँ ।
नेकपा (माओवादी केन्द्र) नेता तथा पूर्वमन्त्री दीनानाथ शर्माले वर्तमान सरकार असफल भएको दाबी गरेका छन् । उनले भने,‘यो सरकारलाई अब नालायक त के भनौँ, यो भन्दा त्यति मिठो चाहिँ नलाग्ला, तर यो सरकार असफल भयो । यसले राष्ट्रलाई बदनाम गराउने काम गर्यो । देशलाई बदनाम गराउने विषयमा चाहिँ यो सरकार सफल छ । यो देशमा हामी मात्रै छैनौँ, १४० भन्दा बढी देशका कूटनीतिक नियोगका प्रमुख र प्रतिनिधिहरू यहाँ छन् ।

हरेक दिन राज्यको तर्फबाट भएका भ्रष्टाचार र अनियमितताका केसहरू चाहे संसद्मा हुने गतिविधिहरू हुन् वा चाहे सरकारको तर्फबाट हुने गतिविधिहरू हुन्, या चाहे न्यायालयबाट हुने फैसला र हुने गतिविधिहरू हुन् ती राष्ट्रको शिर निहुरिने, झुक्ने प्रकारका देखा परेका छन् । यसले नेपाल र नेपालीहरूको शिर निहुरिएको छ ।’उनले अन्तर्राष्ट्रिय जगतमा ‘नेपाल भ्रष्टाचारीहरूको देश, न्याय छैन, नेपालमा राज्यको तर्फबाट नै मानव तस्करी हुन्छ, तस्करहरूलाई कारबाही गर्ने स्थिति छैन शैक्षिक संस्थाहरूमा महिनौँ दिन तालाबन्दी हुन्छ’ भन्ने सन्देश प्रवाह भएको टिप्पणी गरे । उनले भने,‘यस कारणले यो सरकार सबै पक्ष र पाटोबाट नेपाली र नेपालीहरूको शिर निहुराउने र नेपाललाई बदनाम गराउने काममा सफल छ ।’ उनले सामाजिक न्याय र समृद्धि, राष्ट्रिय हितको पक्षमा यो सरकारले काम गर्न नसकेको ठोकुवा गरे । उनले भने,‘मलाई लाग्छ गठबन्धनका साथीहरूको आत्माले पनि अहिलेको सरकार र नेतृत्वले राष्ट्रलाई हित गर्यो भन्दैन ।



प्रतिक्रिया