छोराको हत्या आरोपमा मकवानपुरका भ्लोन दम्पती हिरासतमा

nepaltathya_news nepaltathya_news
|
बुधबार, फाल्गुन २१, २०८१
|
|
२१ पटक हेरिएको
Shares

सारांश

  •   १३ फागुन, हेटौंडा ।
  • मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–३ अदुवाबारीमा ६ दिनअघि कुटपिटबाट छोराको मृत्यु भएपछि बाबुआमालाई प्रहरीले आज नियन्त्रणमा लिएको छ ।
  •   मकवानपुर प्रहरीले ज्यानसम्बन्धी कसुर मुद्दामा बाबु ६३ वर्षीय मीनबहादुर र आमा ६४ वर्षीया देवीमाया भ्लोनलाई आज बुधबार मकवानपुर जिल्ला अदालतबाट ५ दिनको म्याद थप गरी हिरासतमा राखेको हो ।

 

१३ फागुन, हेटौंडा । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–३ अदुवाबारीमा ६ दिनअघि कुटपिटबाट छोराको मृत्यु भएपछि बाबुआमालाई प्रहरीले आज नियन्त्रणमा लिएको छ ।

 

मकवानपुर प्रहरीले ज्यानसम्बन्धी कसुर मुद्दामा बाबु ६३ वर्षीय मीनबहादुर र आमा ६४ वर्षीया देवीमाया भ्लोनलाई आज बुधबार मकवानपुर जिल्ला अदालतबाट ५ दिनको म्याद थप गरी हिरासतमा राखेको हो । १५ फागुन राति मुखमा मास्क लगाएर चोर आएको आशंकामा भ्लोन दम्पतीले प्रतिकार गर्दा उनका आफ्नै जेठा छोरा ३९ वर्षीय भरथकुमार भ्लोनको कुटपिटबाट मृत्यु भएको प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिए । टाउको फुटेको अवस्थामा गम्भीर भरथको उपचारको क्रममा चितवनस्थित भरतपुर अस्पतालमा १६ फागुन दिउँसो मृत्यु भएको थियो ।

घटनामा दुवै पक्षबीच हानाहान हुँदा भ्लोन दम्पती पनि घाइते भएका थिए । उनीहरूलाई भक्तपुरस्थित इवामुरा हस्पिटलमा उपचार पश्चात प्रहरीले मकवानपुर ल्याएको हो । मुखमा मास्क लगाएर चोर आएको आशंकामा घरमा एक्लै बस्दै आएका मीनबहादुर र देवीमायाले भान्सामा भेटिएका घरेलु वस्तुले प्रहार गर्दा भरथको टाउको फुटेको डिएसपी अर्यालले बताए । भरथ चार छोरामध्ये जेठा थिए । ‘आगो फुक्ने ढुंग्रो र कोइला समात्ने फलामको चिम्टाले प्रहार गर्दा भरथको खप्पर फुटेर टाउकोमा रगत जमेको थियो,’ डिएसपी अर्यालले भने, ‘बाबु मीनबहादुरको करङ भाँच्चिएको छ भने आमा देवीमायाको बायाँ हात भाँच्चियो ।’

ढिँढो खाँदै गर्दा भरथले आमा देवीमायाको आँखामा खुर्सानीको धुलो छ्यापिदिएपछि मीनबहादुरले प्रहार गरेको उनले बताए । उनीहरूले घटना कुटपिटसम्म पुग्दासम्म पनि छोरा भनेर नचिनेको प्रहरीलाई बताएका छन् । कोभिड–१९ को महामारीपछि मृतक भरथ काठमाडौं गएका थिए । काठमाडौं गएको चार वर्षपछि मात्रै उनी गत बिहीबार राति घर फर्किएको प्रहरीले जनाएको छ । चार छोरामध्ये कान्छा हरिकृष्ण गाउँमै बाबुआमाको घर नजिकैको अर्को डाँडामा बस्दै आएको, काठमाडौंमा बस्ने माइला नवराज होटलमा कुक र साइला हरिविष्णु पेन्टरको काम गर्दै आएका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

रौतहटमा बसको ठ*क्करबाट २ वर्षीय बालकको मृ*त्यु
वीर अस्पतालमा ६३ दरबन्दी थपियो, आफ्ना मान्छे राख्न मन्त्रीको दबाब
दसैँमा सर्वोच्च अदालतमा बन्दीको रिट सुनुवाइ हुने
कारागारमा सजाय काटिरहेका कैदीको मृत्यु
विद्यार्थी संगठनहरु साझा मुद्दा बनाएर सँगसँगै अगाडि बढ्नुपर्छ : मन्त्री पौडेल
भीमफेदी कारागारबाट भागेका ५७ कैदीबन्दी आफैं फर्किए, २७४ जना फरार
सरकारले दल विभाजनसम्बन्धी व्यवस्था संशोधन गर्न विधेयक ल्याउँदै
जनकपुरमा पार्किङमा राखिएको बस चोरी
प्रधानमन्त्रीले गरे रानी जमरा कुलरिया आयोजनाको सिँचाइ, जलविद्युत् र प्रसारण लाइनको उद्घाटन
निमावि शिक्षक लाइसेन्सको लागि एक लाख ७५ हजारले भरे फारम