स्रोत नखुलेको रकम सहित दुईजना पक्राउ

nepaltathya_news nepaltathya_news
|
आइतबार, आषाढ १५, २०८२
|
|
१७ पटक हेरिएको
Shares

सारांश

  • १५ असार, महोत्तरी ।
  • स्रोत नखुलेको रकमसहित दुईजना पक्राउ पक्राउ परेका छन्।
  • पक्राउ पर्नेमा रामगोपालपुर नगरपालिका-७ का ३६ वर्षीय जमसेद अंसारी र ४४ वर्षीय दुखा अन्सारी रहेका छन्।

१५ असार, महोत्तरी ।

स्रोत नखुलेको रकमसहित दुईजना पक्राउ पक्राउ परेका छन्। पक्राउ पर्नेमा रामगोपालपुर नगरपालिका-७ का ३६ वर्षीय जमसेद अंसारी र ४४ वर्षीय दुखा अन्सारी रहेका छन्।

सम्सी गाउँपालिका-४ भेटपुर पछवाडी टोलस्थित सडकबाट स्रोत नखुलेको नगद ३ लाख ७३ हजार नेपाली रूपैयाँ र ७ हजार भारतीय रुपैयाँसहित उनीहरूलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको हो। प्रहरी चौकी गैंडाभेटपुरबाट खटिएको प्रहरीले भारतको कन्हमा बोर्डरबाट नेपालतर्फ आउँदै गरेको बिआर ३० एपी १५११ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त नगद सहित फेला पारेको थियो। यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?