एमाले राजनीतिमा फर्कने विद्यादेवी भण्डारीको घोषणा

nepaltathya_news nepaltathya_news
|
शनिबार, आषाढ १४, २०८२
|
|
२० पटक हेरिएको
Shares

सारांश

  • १४ असार, काठमाडौं ।
  •  पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले पुनः नेकपा एमालेको सक्रिय राजनीतिमा फर्कने घोषणा गरेकी छन्।
  • मदन जयन्तीका अवसरमा भण्डारीले एमालेको राजनीतिमा पुनः सक्रिय भएको औपचारिक घोषणा गरेकी हुन्।

१४ असार, काठमाडौं ।

 पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले पुनः नेकपा एमालेको सक्रिय राजनीतिमा फर्कने घोषणा गरेकी छन्। मदन जयन्तीका अवसरमा भण्डारीले एमालेको राजनीतिमा पुनः सक्रिय भएको औपचारिक घोषणा गरेकी हुन्। भण्डारीले पार्टीको राजनीतिक यात्रालाई निरन्तरता दिने आफूले पार्टी सदस्यता नवीकरण गरेको बताइन्।

‘फरक ढङ्गको राजनीतिक जिम्मेवारीबाट मुक्त भएपछि नेकपा (एमाले) मै रहेर पार्टीको राजनीतिक यात्रालाई निरन्तरता दिने पवित्र उद्देश्यका साथ मैले पार्टी सदस्यता नवीकरण गरेको छु, उनले भनिन्, अब म नेकपा (एमाले) परिवारको एक सदस्यको रूपमा पुनः जोडिएको छु र यसमा म गर्व गर्दछु ।’ भण्डारीले आफ्नो कुनै विशिष्ट महत्वाकांक्षा नरहेको पनि बताइन्। देश र जनताको हित नै आफ्नो ध्येय र लक्ष्य रहेको उनको भनाइ छ। उनले भनिन्,‘सदा झैँ सबैको सधैँभरि  माया र विश्वास पाइरहूँ।’ भण्डारीले जननेता मदन भण्डारीद्वारा प्रतिपादित नेपाली क्रान्तिको मौलिक सिद्धान्त जनताको बहुदलीय जनवादको मार्गदर्शनमा सामाजिक–आर्थिक रूपान्तरण गर्ने दायित्व बाँकी रहेको बताइन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

पाकिस्तानले आकाशमै नष्ट गर्‍यो भारतीय ड्रोन
महाशिवरात्रि मेलाको सम्पूर्ण तयारी पूरा
काभ्रेमा जन्ती पुर्‍याएर फर्किएको बस दुर्घटना, एक जनाको मृत्यु
विश्वप्रकाशको चेतावनीः एमालेले राष्ट्रिय सभामा ‘कुलिङ पिरियड’को संशोधन फिर्ता नलिए गठबन्धनमा दरार आउँछ
वनका कर्मचारी प्रदेशमै समायोजन हुने
सहकारी ठगी प्रकरण : ज्योति गुरुङसहित दुई जनाविरुद्ध रेड नोटिस जारी गर्न इन्टरपोलमा प्रहरीको पत्र
हेटौंडामा २३ वर्षीया युवतीको हत्या आरोपित मुख्य अभियुक्त पक्राउ
नेपाल टेलिकमको सेवा चार घण्टा बन्द हुने
सिमरा घटना : अनुसन्धानका लागि दुई वडा अध्यक्ष पक्राउ
गाईको चित्र अङ्कित ‘मेडालियन सिक्का’ सर्वाजनिक