गाईको चित्र अङ्कित ‘मेडालियन सिक्का’ सर्वाजनिक

nepaltathya_news nepaltathya_news
|
आइतबार, आश्विन ७, २०८०
|
|
३ पटक हेरिएको
Shares

सारांश

  • गाईको चित्र अङ्कित ‘मेडालियन सिक्का’ सर्वाजनिक काठमाडौं ।
  • नेपाल राष्ट्र बैंकले राष्ट्रिय जनावर गाईको चित्र अंकित ‘मेडालियन सिक्का ‘ सार्वजनिक गरेको छ ।
  • आइतबार बबरमहलस्थित टक्सार महाशाखामा आयोजित एक कार्यक्रमकाबीच राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले उक्त सिक्का सार्वजनिक गरेका हुन् ।

गाईको चित्र अङ्कित ‘मेडालियन सिक्का’ सर्वाजनिक
काठमाडौं ।
नेपाल राष्ट्र बैंकले राष्ट्रिय जनावर गाईको चित्र अंकित ‘मेडालियन सिक्का ‘ सार्वजनिक गरेको छ । आइतबार बबरमहलस्थित टक्सार महाशाखामा आयोजित एक कार्यक्रमकाबीच राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले उक्त सिक्का सार्वजनिक गरेका हुन् ।

योसँगै १० ग्राम र २५ ग्रामका दुई किसिमका चाँदीका ‘’मेडालियन सिक्का’ टकमरी गरी बिक्री सुरु गरिएको टक्सार महाशाखाले जनाएको छ । महाशाखाका अनुसार १० ग्राम सिक्काको रु. १६ सय र २५ ग्राम सिक्काको मूल्य रु. ४ हजार निर्धारण गरिएको छ । बैंकसँग मौज्दात रहेको चाँदीलाई गलान गरी ‘मेलालियन सिक्का’ टकमरी गरिएको महाशाखाले जनाएको छ।

दुवै किसिमका ‘मेडालियन सिक्कामा ९ सय ९९ टचको चाँदीको प्रयोग भएको महाशाखाले जनाएको छ । दर उल्लेख नगरी निष्कासन गरिएको सिक्कालाई ‘मेडालियन सिक्का’ भनिन्छ।

सर्वसाधारणबाट हुने सिक्काको मागलाई दृष्टिगत गरी यसको टकमरीलाई निरन्तरता दिइने महाशाखाले जनाएको छ । राष्ट्र बैंकको सञ्चालक समितिको २०८० जेठ १९ गते बसेको बैठकले उक्त १० ग्राम र २५ ग्रामका ‘मेडालियन सिक्का को टकमरी गर्न स्वीकृति दिएको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?