वनका कर्मचारी प्रदेशमै समायोजन हुने

nepaltathya_news nepaltathya_news
|
सोमबार, आश्विन २९, २०८०
|
|
२ पटक हेरिएको
Shares

सारांश

  • २९ असोज, काठमाडौँ ।
  • कर्मचारी समायोजन ऐन विपरीत फाजिलमा राखिएका वनका कर्मचारीलाई सरकारले प्रदेशमै समायोजन गर्ने भएको छ ।
  • सातवटै प्रदेशले कर्मचारी व्यवस्थापन सर्वेक्षण (ओएनएम) गरेर दरबन्दी सिर्जना गरेर उनीहरूलाई प्रदेशमै समायोजन गर्ने तयारी गरेका हुन् ।

२९ असोज, काठमाडौँ । कर्मचारी समायोजन ऐन विपरीत फाजिलमा राखिएका वनका कर्मचारीलाई सरकारले प्रदेशमै समायोजन गर्ने भएको छ ।

सातवटै प्रदेशले कर्मचारी व्यवस्थापन सर्वेक्षण (ओएनएम) गरेर दरबन्दी सिर्जना गरेर उनीहरूलाई प्रदेशमै समायोजन गर्ने तयारी गरेका हुन् । राज्य पुनर्संरचनामा गइसकेपछि कर्मचारी समायोजन ऐन, २०७५ अनुसार सरकारले आफूहरूलाई हेलत्तोको व्यवहारले हेरेको भन्दै कर्मचारीहरूले गत साउनमा सिंहदरबार भित्रै आन्दोलन गरेका थिए । पटक पटक वन मन्त्री, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री, मुख्य सचिव लगायतसँग वार्ता गरेर प्रदेशमै समायोजन हुने आश्वासन पछि गृह जिल्ला फर्किएका थिए । प्रदेशले दरबन्दी सिर्जना गरेर सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा पठाएको छ । सामान्यले मङ्गलवारको मन्त्रिपरिषद्मा दरबन्दी स्वीकृतिको लागि फाइल फेस गर्ने तयारी गरेको छ ।

देशैभरि तीन सय ८४ जना वनका कर्मचारीहरू फाजिलमा राखिएको थियो । फाजिलमा राखिएका कर्मचारीहरूमा सुदूरपश्चिम प्रदेशमा ३२, कर्णाली प्रदेशमा ५८, लुम्बिनी प्रदेशमा ७१, गण्डकी प्रदेशमा २५, बागमती प्रदेशमा ७१, मधेस प्रदेशमा ५३ र कोशीमा ७४ जना छन् । यी कर्मचारीहरूलाई प्रदेशमै दरबन्दी रहने गरी समायोजन गर्न लागिएको हो । आन्दोलनरत कर्मचारीको नेतृत्व गरेका सन्तोष अधिकारीका अनुसार समायोजन ऐन अनुसार नै कर्मचारीको मिलान हुन लागेको हो । ‘ प्रदेशबाट ओएनएम गरेर दरबन्दी स्वीकृत भएको सूचना हामीले पाएका छौँ, हामीलाई जुन मितिमा फाजिलमा राखिएको थियो, त्यही मितिदेखि नै प्रदेशमा समायोजन भएको भनेर पठाइने तयारी छ ।’  प्रदेशले निजामती सेवा ऐन अनुसार नै वृद्धि विकास गर्ने गरी उनीहरूलाई समायोजन गर्न लागेको हो ।

संघ तथा प्रदेश सरकार गठन नहुँदै सरकारले वनका कर्मचारीलाई रिक्त दरबन्दीको लोकसेवा आयोगबाट माग गरेर पदपूर्ति गरेको थियो । पदपूर्ति भइसकेपछि चार वर्षसम्म काम गरेका जुनियर फरेस्टरलाई सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सङ्गठन तथा व्यवस्थापन (ओएनएम) एवं समायोजन गरी दरबन्दी कटौती गरेर फाजिलमा राखेको थियो । त्यतिबेला समायोजन गर्दा सङ्घीय मामिलाले वन मन्त्रालयकै दरबन्दी घटाइदिएपछि अहिले यो समस्या आएको हो । सरकारले फाजिलमा राखेका आफूहरूलाई दरबन्दी माग गरी विधिगत रूपमा केन्द्रबाटै यसलाई समायोजन गरेर लैजानुपर्ने माग उनीहरूको थियो । तर, केन्द्रमा समायोजन गर्ने अवस्था नआएपछि प्रदेशमै समायोजन गर्न लागिएको जानकारी सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका प्रवक्ता एवं सहसचिव कमल प्रसाद भट्टराईले दिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नयाँ सरकारको एकसय कार्यसूचीमा पर्यटन पूर्वाधार र लगानी प्राथमिकतामा
पोखरा अपडेट : स्कुल बस दुर्घटनामा एक जनाको मृत्यु
जेनजी आन्दोलनमा भाटभटेनीबाट आइसक्रिम चोर्ने शिक्षक बर्खास्त
काठमाडौं उपत्यकासहित देशभर गर्मी बढ्यो, तराईमा तातो लहर चल्ने संभावना
काठमाडौँमा राजदूतावास स्थापना गर्न ओमानसँग आग्रह
प्रतिनिधि सभाको बैठक बस्दै, छैन कार्यसूचीमा अध्यादेश
प्रतिनिधिससभा बैठक : नागरिक उड्डयन क्षेत्रलाई थप सुरक्षित बनाउन माग
तोलामा २७०० रुपैयाँ घट्यो सुनको मूल्य, आज कतिमा हुँदैछ कारोबार ?
१४ महिनापछि मैले राजीनामा दिन्छु, शेरबहादुरजी प्रधानमन्त्री बन्नुहुन्छ : ओली
पत्रकार सम्मेलन गर्दै रास्वपा