अछाममा दुई किशोरी मृत्यु प्रकरण : दुई युवा पक्राउ

nepaltathya_news nepaltathya_news
|
सोमबार, माघ १४, २०८१
|
|
४ पटक हेरिएको
Shares

सारांश

  •   १४ माघ, काठमाडौं ।
  • अछामको दुई किशोरी मृत्यु प्रकरणमा प्रहरीले दुई युवालाई सोधपुछका लागि भन्दै पक्राउ गरेको छ ।
  • उनीहरूलाई आइतबार साँझ ढकारी गाउँपालिकाबाट पक्राउ गरिएको अछाम प्रहरीले जनाएको छ ।

 

१४ माघ, काठमाडौं । अछामको दुई किशोरी मृत्यु प्रकरणमा प्रहरीले दुई युवालाई सोधपुछका लागि भन्दै पक्राउ गरेको छ । उनीहरूलाई आइतबार साँझ ढकारी गाउँपालिकाबाट पक्राउ गरिएको अछाम प्रहरीले जनाएको छ । पक्राउ परेकाहरूको परिचय खुलाइएको छैन ।

दुवैजना २० वर्षभन्दा कम उमेरका युवा भएको बताइएको छ । ढकारी गाउँपालिका ८ की १५ वर्षीया सरस्वती खड्का र १४ वर्षकी इशरा खड्काको सोही गाउँपालिकाकै वडा नम्बर १ स्थित सुनघर सामुदायिक बनमा शनिबार साँझ शव फेला परेको थियो । शुक्रबार बिहान घरबाट बाख्रा चराउन गएका उनीहरू त्यही दिनबाट सम्पर्कविहीन भएका थिए । मृतक दुवैजना एउटै परिवारको हुन् । मृतकमध्ये सरस्वती फुपू र इशरा भदै हुन् । परिवारका सदस्यहरूले दुवै जनाको हत्या भएको भन्दै छानबिनको माग गरिरहेका छन् । सोही क्रममा दुई युवा पक्राउ परेका हुन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कमल थापासहित ६ जनालाई भद्रकालीमा राखियो, छाड्नेबारे के भन्छ प्रहरी ?
यस्ताे छ आजकाे लागि विदेशी मुद्राकाे विनिमयदर
निजी मेडिकल कलेजलाई कुनै पनि सहयोग नहुने स्वास्थ्यमन्त्रीको घोषणा
जागिरबाट निकालिएका गाडी चालकले गरे पानी फ्याक्ट्रीका म्यानेजरको हत्या
सगरमाथा सम्वादको औचित्यमाथि प्रभु साहले उठाए प्रश्न, प्रधानमन्त्री र परराष्ट्रमन्त्रीले एनआरएनए फुटाईदिएको आरोप
सतुङ्गलको कपडा पसलमा आगलागी
रिज लाइन इनर्जीको आईपीओमा आवेदन दिने आज अन्तिम दिन
धादिङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का
स्कटल्याण्डसँग नेपाल पराजित, सुपर सिक्समा पुग्न कठिन
ग्यास बुलेट र ट्रक ठोक्किँदा दुई जना घाइते