इजरायलबाट फर्कन ८ सय ८५ जना नेपालीले नाम टिपाएका छन् : परराष्ट्रमन्त्री राणा

nepaltathya_news nepaltathya_news
|
सोमबार, आषाढ ९, २०८२
|
|
९ पटक हेरिएको
Shares

सारांश

  • ९ असार, काठमाडौं ।
  • परराष्ट्रमन्त्री डा.
  • आरजु राणा देउवाले इजरायलबाट नेपाल फर्कन ८ सय ८५ जनाले नाम टिपाएका जानकारी दिनुभएको छ ।

९ असार, काठमाडौं ।

परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले इजरायलबाट नेपाल फर्कन ८ सय ८५ जनाले नाम टिपाएका जानकारी दिनुभएको छ । प्रतिनिधिसभाको आजकाे बैठकमा बोल्दै मन्त्री राणाले यस्तो जानकारी गराउनुभएको हो । सरकारले इजरायल–इरानबीच युद्धका कारण नेपाल फर्कन चाहने नेपालीलाई अनलाइन पोर्टलमार्फत विवरण सङ्कलन गरिरहेको छ ।

इजरायल–इरान युद्धका कारण इजरायल र इरानसहित अन्य प्रभावित देशहरूमा रहेका नेपाली नागरिकको सुरक्षालाई सरकारले प्राथमिकतामा राखेको मन्त्री राणाको दाबी छ । उहाँले सम्बन्धित देशहरूमा कार्यरत नेपाली राजदूतहरूसँग निरन्तर सम्पर्कमा रहेर सुरक्षा अवस्था बुझ्ने प्रयास भइरहेको पनि उल्लेख गर्नुभयाे । यस्तै मन्त्री राणाले भारतमा बन्दी बनाइएका ५७ जना नेपालीको उद्धार गरिएको जानकारी गराउनुभयाे । इजरायल–गाँजा युद्धमा बेपत्ता भएका नेपाली विद्यार्थी वीपिन जोशीको रिहाइको लागि समेत सरकार प्रयासरत रहेको उहाँकाे भनाइ छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नेपाल र जापानका कम्पनीबीच सूचना प्रविधि क्षेत्रमा संयुक्त लगानी गर्ने सम्झौता
क्षमता बिकास तथा नेतृत्व सम्बन्धित ३ दिने तालिम सम्पन्न
यस्तो छ आजको सागसब्जी र फलफूलको थोक मूल्य
डाइभर्सन मर्मतपछि कान्तिलोकपथ सञ्चालनमा
नीतिगत सुधार गरेर साना जलविद्युत् आयोजनाका समस्या समाधान गरिन्छ : मन्त्री खड्का
वीरगन्ज सुक्खा बन्दरगाहबाट राजस्व संकलन २० करोडले घट्यो
धरान उपमहानगर: २ अर्बको बजेट सिलिङ पारित, भोलि बोलाइयो नगरसभा
चौथोपटक विश्वासको मत लिँदै प्रचण्ड, अवरोध गर्ने कांग्रेसको संकेत
आज तराईका केही स्थानमा हुस्सु, बाँकी क्षेत्रमा मौसम सफा रहने
चुरे संरक्षणको माग गर्दै पैदल हिँडेको टोली २५ दिनमा काठमाडौं आइपुग्यो