अहमदाबाद विमान दुर्घटना: मृतकको संख्या २७५ पुग्यो, ३४ जना जहाज खसेको भवनका

nepaltathya_news nepaltathya_news
|
शनिबार, जेठ ३१, २०८२
|
|
३ पटक हेरिएको
Shares

सारांश

  • ३१ जेठ, अहमदाबाद ।
  • अहमदाबाद विमान दुर्घटनामा मृत्यु भएकाको संख्या २७५ पुगेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।
  •   हालसम्म अस्पतालमा २७० भन्दा बढी शवको पोस्टमार्टम गरिएको छ।

३१ जेठ, अहमदाबाद ।

अहमदाबाद विमान दुर्घटनामा मृत्यु भएकाको संख्या २७५ पुगेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।  हालसम्म अस्पतालमा २७० भन्दा बढी शवको पोस्टमार्टम गरिएको छ। अन्यको डीएनए नमुना लिने प्रक्रिया जारी छ। दुर्घटनामा मृत्यु हुनेको संख्या २७५ पुगेको छ। दुर्घटनास्थलमा भग्नावशेष हटाउने काम अझै जारी छ। गत बिहीबार दुर्घटनामा परेको त्यस एयर इन्डियाको विमानमा चालक दलका सदस्य र यात्रुसहित २४२ जना थिए, जसमध्ये एक यात्रु बाँचे।

यसबाहेक विमान खसेको बीजे मेडिकल कलेज होस्टेलमा रहेका डाक्टर तथा कर्मचारी गरी ३४ जनाको पनि मृत्यु भएको हो। एयर इन्डियाको बोइङ ७८७-८ ड्रिमलाइनर विमान यही जुन १२ तारिख (जेठ २९) दिउँसो १:३८ बजे अहमदाबाद विमानस्थलको रनवे २३ बाट लन्डनका लागि उड्नासाथ घना बस्ती भएको क्षेत्रमा खसेको थियो।  प्रत्यक्षदर्शीहरूका अनुसार, विमान केही सेकेन्डमै असन्तुलित भयो र विमानस्थलको सीमा बाहिर भवनमाथि खस्यो। दुर्घटना भएको केही समयपछि आगो लाग्यो र विमानका बाहिरका मानिस पनि मरे।विमान दुर्घटनाबारे भारतले सरकारले औपचारिक अनुसन्धान सुरु गरिसकिएको जनाएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

घुससहित पक्राउ परेका जिल्ला अदालत कपिलवस्तुका दुई कर्मचारीविरुद्ध मुद्दा दायर
अफगानिस्तानविरूद्ध अन्तिम खेलमा नेपालको सान्त्वना जित
छठ पर्व आजदेखि सुरु, पहिलो दिन आज ‘नहाय, खाय’
बैतडी जन्तीबस दु*र्घटनामापरी १३ जनाको मृ*त्यु
वैदेशिक रोजगारी जाने महिलाको संख्या वर्षेनी बढ्दै
गाजामा इजरायली हवाई आक्रमणः ११४ जनाको मृत्यु
घुससहित पक्राउ परेका नापी सर्वेक्षकसहित तीन जनाविरूद्ध भ्रष्टाचार मुद्दा
प्रधानमन्त्रीको शयनकक्षसम्म बिचौलियाको पहुँच छः गगन थापा
फेसबुकमा प्रधानमन्त्री ओलीलाई गालीगलौज गर्ने वाइसीएल जिल्ला सचिव पक्राउ, साइबर अपराधको मुद्दा
नेपालगन्ज घटनामा घाइते भएका २२ जनामध्ये २१ जना घर फर्किए