नयाँ बानेश्वरको प्रदर्शनमा झडप, डीएसपी पौडेल घाइते

nepaltathya_news nepaltathya_news
|
आइतबार, फाल्गुन १८, २०८१
|
|
२२ पटक हेरिएको
Shares

सारांश

  •   १८ फागुन, काठमाडौं ।
  • काठमाडौंको नयाँ बानेश्वरमा भइरहेको प्रदर्शनमा झडप भएको छ ।
  • झडपमा परेर प्रहरी वृत्त सिंहदरबारका डीएसपी गंगा पौडेल घाइते भएका छन् ।

 

१८ फागुन, काठमाडौं । काठमाडौंको नयाँ बानेश्वरमा भइरहेको प्रदर्शनमा झडप भएको छ । झडपमा परेर प्रहरी वृत्त सिंहदरबारका डीएसपी गंगा पौडेल घाइते भएका छन् ।

स्वर्गद्वारी गुठी पीडित मोही किसान संघर्ष समितिको प्रदर्शनका क्रममा भडप हुँदा डीएसपी पौडेल घाइते भएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपिलराज बोहोराले जानकारी दिए । डीएसपी पौडेलको टाउकोमा चोट लागेको छ । अहिले उनको नयाँ बानेश्वरस्थित सिभिल अस्पतालमा उपचार भइरहेको उनले बताए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?