राष्ट्रियसभाबाट संवैधानिक परिषद् विधेयक पारित

nepaltathya_news nepaltathya_news
|
शुक्रबार, जेठ ३०, २०८२
|
|
४ पटक हेरिएको
Shares

सारांश

  • ३० जेठ, काठमाडौं ।
  •   संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि)सम्बन्धी (पहिलो संशोधन) विधेयक, २०७९ राष्ट्रियसभाबाट सर्वसम्मतिले पारित भएको छ ।
  •   राष्ट्रियसभाको आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीको तर्फबाट  कृषि तथा पशुपक्षी विकासमन्त्री रामनाथ अधिकारी विधायन व्यवस्थापन समितिको प्रतिवेदन सहित प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त ‘संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) विधेयक, २०७९ पारित गरियोस्’ भन्ने प्रस्ताव सर्वसम्मतिले पारित भएको हो ।

३० जेठ, काठमाडौं । 

संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि)सम्बन्धी (पहिलो संशोधन) विधेयक, २०७९ राष्ट्रियसभाबाट सर्वसम्मतिले पारित भएको छ ।  राष्ट्रियसभाको आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीको तर्फबाट  कृषि तथा पशुपक्षी विकासमन्त्री रामनाथ अधिकारी विधायन व्यवस्थापन समितिको प्रतिवेदन सहित प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त ‘संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) विधेयक, २०७९ पारित गरियोस्’ भन्ने प्रस्ताव सर्वसम्मतिले पारित भएको हो ।

छलफलमा उठेका प्रश्नको जवाफ दिँदै मन्त्री अधिकारीले सरकारले गरेको कामको अनुभूतिको आधारमा संवैधानिक परिषद्सम्बन्धी विधेयक ल्याउनु परेको बताए  ।  सो विधेयकमाथिको छलफलमा सांसद गोपाल भट्टराई, भुवनबहादुर सुनार, कृष्णबहादुर रोकाय, विष्णुबहादुर विश्वकर्मा र सुरेशकुमार आले मगरले भाग लिएका थिए । राष्ट्रियसभाको अर्को बैठक अगामी असार ५ गते दिउँसो १ बजे र १५ मिनेटमा बस्ने भएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ