‘लोडसेडिङ गर्नका लागि कांग्रेसले दुईजना जनजातिका छोरालाई हटायो । कुलमान घिसिङ र कान्छाराम तामाङलाई कांग्रेसले बलि दियो,’ उनले भने, ‘केही समयअघि एउटा महिलालाई सिनियर हुँदा हुँदै सचिव हुनबाट कांग्रेसले रोक्यो । त्यो मन्त्रालय अहिले पनि कांग्रेसले नै चलाइरहेको छ ।’ मन्त्रिपरिषद् बैठकले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशकबाट घिसिङलाई हटाएको थियो भने घिसिङलाई हटाउन नहुने पक्षमा रहेका ऊर्जाराज्यमन्त्री कान्छारामा तामाङलाई कांग्रेसकै सिफारिसमा प्रधानमन्त्रीले बर्खास्त गरेका थिए । नेपाली कांग्रेसका पूर्वनेता सिंहले कांग्रेस जनजाति प्रति विभेदकारी रहेको भन्दै आगामी चुनावमा मत नदिन आदिवासी जनजाति, मधेशी, महिलालाई आह्वान गरे । ‘कांग्रेसलाई आदिवासी जनजाति, महिला, मधेशी कोही चाहिएको छैन । त्यसैले २०८४ को चुनावमा कांग्रेसलाई भोट नदिनूस् । ‘२०८४ को चुनावमा कांग्रेस जनताको बीचमा भोट माग्न जानु पर्छ कि पर्दैन ?,’ उनले भने, ‘म आदिवासी जनजाति, मधेशी, थारु, महिलालाई आग्रह गर्न चाहन्छु २०६४ मा जस्तै २०८४ मा पनि कांग्रेसलाई डाँडा कटाउनुस् ।’




प्रतिक्रिया