कांग्रेस नेता बलबहादुर केसी नेतृत्वको टोली चीन भ्रमणमा

nepaltathya_news nepaltathya_news
|
शुक्रबार, जेठ ३०, २०८२
|
|
२ पटक हेरिएको
Shares

सारांश

  • ३० जेठ, काठमाडौं ।
  • नेपाली कांग्रेसका नेता बलबहादुर केसी नेतृत्वको टोली चीन भ्रमणमा गएको छ ।
  • कांग्रेस नेता केसी नेतृत्वको १७ सदस्यीय टोली गएराति चीन प्रस्थान गरेको हो ।

३० जेठ, काठमाडौं ।

नेपाली कांग्रेसका नेता बलबहादुर केसी नेतृत्वको टोली चीन भ्रमणमा गएको छ । कांग्रेस नेता केसी नेतृत्वको १७ सदस्यीय टोली गएराति चीन प्रस्थान गरेको हो । चीनको कम्युनिस्ट पार्टी (सीपीसी) को अन्तर्राष्ट्रिय विभागको निम्तोमा उनीहरु पाँचदिने भ्रमणका लागि चीन गएका हुन् । चीन जानुअघि केसीले बिहीबार बिहान पार्टी सभापति शेरबहादुर देउवा, महामन्त्री गगन थापा, डा. शेखर कोइराला लगायतसँग भेटेका थिए ।

यसअघि, सुजाता कोइरालाको नेतृत्वमा कांग्रेसका १५ सदस्यीय टोलीले चीन भ्रमण गरेको थियो । केही हप्ता अघिमात्रै पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले एमाले नेताको हैसियतमा चीन भ्रमण गरेकी थिइन् । भण्डारीभन्दा अगाडि माओवादी केन्द्रका सचिव दिनानाथ शर्मा नेतृत्व गरेको टोलीले पनि चीन भ्रमण गरेको थियो । अब छिट्टै एमाले उपाध्यक्ष एवम् उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल नेतृत्वको टोली पनि चीन जाँदैछ । उनको भ्रमण अघिल्लोपटक बसेको मन्त्रिपरिषद बैठकले स्वीकृत गरिसकेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?