अवैध लागूऔषधसहित काठमाडौंबाट दुई जना पक्राउ

nepaltathya_news nepaltathya_news
|
बिहिबार, जेठ २९, २०८२
|
|
४ पटक हेरिएको
Shares

सारांश

  • २९ जेठ, काठमाडौं ।
  • काठमाडौंको चन्द्रागिरी नगरपालिका९२, नागढुङ्गाबाट प्रहरीले बिहीबार बिहान सिराहा, बिष्णुपुर गाउँपालिका९३ का २१ वर्षीय अमन यादवलाई अवैध लागूऔषध खैरो हेरोइनजस्तो पदार्थ करिब २५ ग्रामसहित पक्राउ गरेको छ ।
  • प्रहरी प्रभाग नागढुङ्गा र लागूऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय नागढुङ्गाको टोलीले सिराहाबाट काठमाडौंतर्फ आउँदै गरेको बा।

२९ जेठ, काठमाडौं ।

काठमाडौंको चन्द्रागिरी नगरपालिका९२, नागढुङ्गाबाट प्रहरीले बिहीबार बिहान सिराहा, बिष्णुपुर गाउँपालिका९३ का २१ वर्षीय अमन यादवलाई अवैध लागूऔषध खैरो हेरोइनजस्तो पदार्थ करिब २५ ग्रामसहित पक्राउ गरेको छ । प्रहरी प्रभाग नागढुङ्गा र लागूऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय नागढुङ्गाको टोलीले सिराहाबाट काठमाडौंतर्फ आउँदै गरेको बा।प्र-०३-००१ ख ३५३७ नम्बरको बस जाँच गर्ने क्रममा उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।

यस्तै, सुनसरीको धरान उपमहानगरपालिका-१६, जोरसखुवा भूमीपथबाट सोही ठाउँका ३४ वर्षीय रोहित बिष्टलाई बिहीबार दिउँसो अवैध लागूऔषध खैरो हेरोइनजस्तो पदार्थ करिब १.२ ग्रामसहित प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी चौकी रेल्वेबाट खटिएको प्रहरी टोलीले उनलाई उक्त पदार्थसहित नियन्त्रणमा लिएको हो । दुवै घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ