राजावादीको हिंस्रक प्रदर्शनप्रति रास्वपाको आपत्ति, घटनाका दोषीलाई कारबाहीको माग

nepaltathya_news nepaltathya_news
|
शनिबार, चैत्र १६, २०८१
|
|
१९ पटक हेरिएको
Shares

सारांश

  •   १६ चैत, काठमाडौँ — राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय सचिवालय बैठकले काठमाडौंको तिनकुने, कोटेश्वर र जडीबुटी क्षेत्रमा शुक्रबार घटेको घटनामा संलग्न दोषीहरूलाई कानुनी दायराभित्र ल्याई यथोचित कारबाही सुनिश्चित गर्न उच्च न्यायिक छानबिन आयोग गठन गर्न सरकारसँग माग गर्ने निर्णय गरेको छ ।
  • शनिबार बिहान बसेको बैठकले उक्त निर्णय गरेको हो ।
  • यसैगरी बैठकमा पार्टीको केन्द्रीय समिति बैठक सोमबार बस्ने निर्णय भएको छ ।

 

१६ चैत, काठमाडौँ —

राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय सचिवालय बैठकले काठमाडौंको तिनकुने, कोटेश्वर र जडीबुटी क्षेत्रमा शुक्रबार घटेको घटनामा संलग्न दोषीहरूलाई कानुनी दायराभित्र ल्याई यथोचित कारबाही सुनिश्चित गर्न उच्च न्यायिक छानबिन आयोग गठन गर्न सरकारसँग माग गर्ने निर्णय गरेको छ ।

शनिबार बिहान बसेको बैठकले उक्त निर्णय गरेको हो । यसैगरी बैठकमा पार्टीको केन्द्रीय समिति बैठक सोमबार बस्ने निर्णय भएको छ । दुर्गा प्रसाईं र नवराज सुवेदीलगायतले नेतृत्व गरेको राजावादीहरूको समूहले शुक्रबार काठमाडौंका तीनकुने, कोटेश्वर, जडिबुटीलगायतका क्षेत्रमा सार्वजनिक र निजी सम्पत्तिमा आगजनी, तोडफोड र लुटपाट गरेका थिए । सो क्रममा एकजना प्रदर्शनकारीको मृत्यु भएको छ भने एक जना पत्रकारको रिपोर्टिङकै क्रममा मृत्यु भएको छ । रास्वपाका प्रमुख सचेतक सन्तोष परियारको गाडी समेत प्रदर्शनकारीले जलाएका थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?