घर बनाउने क्रममा करेन्ट लागेर युवकको मृ*त्यु

nepaltathya_news nepaltathya_news
|
आइतबार, जेठ २५, २०८२
|
|
६ पटक हेरिएको
Shares

सारांश

  • २५ जेठ, बर्दिया ।
  • बर्दियामा घर बनाउने क्रममा करेन्ट लागेर युवकको मृत्यु भएको छ ।
  • गुलरिया नगरपालिका वडा नम्बर १२ भैसाही बस्ने २१ वर्षीय वीरेन्द्र थारुको करेन्ट लागेर शनिबार दिउँसो मृत्यु भएको हो ।

२५ जेठ, बर्दिया ।

बर्दियामा घर बनाउने क्रममा करेन्ट लागेर युवकको मृत्यु भएको छ । गुलरिया नगरपालिका वडा नम्बर १२ भैसाही बस्ने २१ वर्षीय वीरेन्द्र थारुको करेन्ट लागेर शनिबार दिउँसो मृत्यु भएको हो ।  बढैयाताल गाउँपालिका–९ कान्तिपुरमा घर बनाउने क्रममा फलामको रडलाई सिधा बनाउँदा बिजुलीको तारमा छुन गई करेन्ट लागेर थारु गम्भीर घाइते भएका थिए । उनको बर्दिया अस्पताल गुलरियामा

उपचारको क्रममा मृत्यु भएको हो । यता, बाराको सिम्रौनगढ नगरपालिका–१० देवापुर टेटा बस्ने ३० वर्षीय सन्जुर मियाको करेन्ट लागेर शनिबार राति मृत्यु भएको छ । विद्युतीय मोटरबाट पानी तानेर नुहाउने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका उनको प्रादेशिक अस्पताल कलैयामा उपचारको क्रममा मृत्यु भएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रधानमन्त्री कार्कीलाई भेट्न बालुवाटार पुगे बालेन
निःशुल्क तीन दिने हाडजोर्नी, नशा र फिजियोथेरापी शिविरमा ३१० जनालाई सेवा
गृहमन्त्रीले अब जवाफ होइन, राजीनामा दिएर बयान दिनुपर्छ : माओवादी
विश्व शान्तिका लागि लुम्बिनीसम्म ‘महान् धम्म यात्रा’ हुँदै
दुबई पठाइदिन्छु भन्दै ४ लाख ठगी गरेको आरोपमा एक जना पक्राउ
यस्तो छ , आजको लागि विदेशी मुद्राको विनिमयदर
निर्वाचन आयोगको बैठक बस्दै, मतदाता नामावली संकलन खुलाइँदै
७२ जिल्लामा फैलियो डेङ्गी, सबैभन्दा धेरै काठमाडाैंमा
रास्वपाको विरोधपछि सभामुखले हटाए प्रधानमन्त्रीसँगको प्रश्नोत्तर कार्यक्रम
उपत्यकासहित देशभर भुकम्पको धक्का महसुस