प्रधानमन्त्री कार्कीलाई भेट्न बालुवाटार पुगे बालेन

nepaltathya_news nepaltathya_news
|
बुधबार, आश्विन ८, २०८२
|
|
८ पटक हेरिएको
Shares

सारांश

  • ८ असोज, काठमाडौँ ।
  •   काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह९बालेन०ले प्रधानमन्त्री सुशीला कार्कीसँग भेट गरेका छन् ।
  • प्रधानमन्त्री निवास बालुवाटार पुगेर उनले बुधबार बिहान ९ बजे कार्कीसँग भेट गरेका हुन् ।

८ असोज, काठमाडौँ ।  

काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह९बालेन०ले प्रधानमन्त्री सुशीला कार्कीसँग भेट गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटार पुगेर उनले बुधबार बिहान ९ बजे कार्कीसँग भेट गरेका हुन् । स्रोतका अनुसार प्रधानमन्त्री कार्कीसँगको भेटमा बालेनले आन्दोलनको माग अनुसार काम गर्नुपर्नेमा जोड दिएका थिए । ‘आन्दोलनले उठाएको विषयमा छलफल भएको हो । कामको विषयमा भन्दा पनि अनौपचारिक जस्तो भेटघाट हो । विशेषगरी आन्दोलनको माग र मुद्दामा केन्द्रित थियो,’ बालेन स्रोतले भन्यो ।

जवाफमा प्रधानमन्त्रीले जेनजीको मागमा आफू प्रतिबद्ध रहेको बताएकी थिइन् । उनले निर्वाचन र सुशासनलाई आफूले केन्द्रमा राखेको बताएकी थिइन् । भेटमा प्रधानमन्त्रीका श्रीमान् दुर्गा सुवेदी सहित सचिवालयका सदस्यहरू थिए । यस्तै मेयर शाहको तर्फबाट सहयोगी कुमार बेन सहितको टोली थियो ।  छलफल करिब ३० मिनेट चलेको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?