विमानस्थलबाट लागू औषधसहित २ विदेशी पक्राउ, देशभरबाट २७

nepaltathya_news nepaltathya_news
|
शनिबार, जेठ २४, २०८२
|
|
३ पटक हेरिएको
Shares

सारांश

  • २४ जेठ,काठमाडौं, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय आगमन भन्सार एरियाबाट अवैध लागूऔषध गाँजा जस्तो देखिने वस्तु करिब ६ सय ४५ ग्राम सहित २ जना शुक्रबार राति पक्राउ परेका छन्।
  • पक्राउ पर्नेहरूमा कोलम्बियाका नागरिक २८ वर्षीया वर्षीय टाटियाना बाउटिस्टा लोपेज र भारतीय नागरिक २७ वर्षीय अनन्तकृष्णन पल्लीचाम्बाइल सुनील कुमार रहेका छन्।
  • त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालय र भन्सार कार्यालयबाट खटिएको संयुक्त टोलीले नेपाल एयरलाइन्सको उडानद्वारा बैंककबाट काठमाडौं आएका उनीहरूलाई जाँच गर्ने क्रममा उनीहरूको साथबाट उक्त वस्तु फेला पारी पक्राउ गरेको हो।

२४ जेठ,काठमाडौं,

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय आगमन भन्सार एरियाबाट अवैध लागूऔषध गाँजा जस्तो देखिने वस्तु करिब ६ सय ४५ ग्राम सहित २ जना शुक्रबार राति पक्राउ परेका छन्। पक्राउ पर्नेहरूमा कोलम्बियाका नागरिक २८ वर्षीया वर्षीय टाटियाना बाउटिस्टा लोपेज र भारतीय नागरिक २७ वर्षीय अनन्तकृष्णन पल्लीचाम्बाइल सुनील कुमार रहेका छन्।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालय र भन्सार कार्यालयबाट खटिएको संयुक्त टोलीले नेपाल एयरलाइन्सको उडानद्वारा बैंककबाट काठमाडौं आएका उनीहरूलाई जाँच गर्ने क्रममा उनीहरूको साथबाट उक्त वस्तु फेला पारी पक्राउ गरेको हो। उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि लागूऔषध नियन्त्रण ब्यूरो पठाइएको छ। नवलपरासी पश्चिम, रामग्राम नगरपालिका-७ देउरवाबाट नियन्त्रित लागूऔषध बुप्रेनोर्फिन १९ एम्पुल, फेनारगन १९ एम्पुलर डाइजेपाम १९ एम्पुल सहित रूपन्देही बुटवल उपमहानगरपालिका-१४ बस्ने २७ वर्षीयरामु राना समेत ३ जनालाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ। अस्थायी प्रहरी बिट उजैनीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो।

सुनसरी, कोशी गाउँपालिका-१ लौकही चोकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब २२ ग्राम ८ सय १० मिलिग्राम सहित ९ जनालाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा इटहरी उपमहानगरपालिका-५ बस्ने ३३ वर्षीय अजय चौधरी, ‍कोशी गाउँपालिका-१ बस्ने १८ वर्षीय २ जना किशोर, सोही गाउँपालिका-२ बस्ने २१ वर्षीय दयानन्द कुमार यादव, ‍धरान उपमहानगरपालिका-‍१७ बस्ने २७ वर्षीय बिवेक विश्वकर्मा, सोही उपमहानगरपालिका-१७ बस्ने १९ वर्षीय किरण राई र १८ वर्षीय किशोर तथा बराहक्षेत्र नगरपालिका-७ बस्ने २२ वर्षीय कौशल कालिकोटे र २० वर्षीय याकुव राई रहेका छन्। लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय विराटनगर र इलाका प्रहरी कार्यालय लौकहीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो।

झापा, मेचीनगर नगरपालिका-१३ बालुबाडीबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ ग्राम १ सय ५० मिलिग्राम र नगद २२ हजार २ सय रूपैयाँ सहित ३ जनालाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने ३५ वर्षीय लक्ष्मी सोरेन, २६ वर्षीय बिष्णु मग्राती र मोरङ लेटाङ नगरपालिका-१ बस्ने २९ वर्षीय सन्तोष परियार रहेका छन्। प्रहरी चौकी चारआलीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो।कपिलवस्तु, महाराजगंज नगरपालिका-४ राजपुरबाट अवैध लागूऔषध गाँजा करिब १ किलो ४ सय ७० ग्राम सहित २ जनालाई शुक्रबार बेलुकी प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने ५१ वर्षीय चिनिलाल चमार र २४ वर्षीय दुर्गेश लोहनिया रहेका छन्। इलाका प्रहरी कार्यालय महाराजगंजबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त गाँजा सहित पक्राउ गरेको हो।

दाङ, गढवा गाउँपालिका-५ ठूलीचौरबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ६ ग्राम ४ सय ६० मिलिग्राम सहित सोही गाउँपालिका-६ प्रगतीनगर बस्ने २२ वर्षीय लक्ष्मण बिष्टलाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ। इलाका प्रहरी कार्यालय गढवाबाट खटिएको प्रहरीले लु.९६ प ८८९३ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा उक्त पदार्थ फेला पारी चालक लक्ष्मणलाई पक्राउ गरेको हो। साथै लागूऔषध खरिद गर्न आएका लु.७० प ७७६९ नम्बरको मोटरसाइकल चालक सोही गाउँपालिका-४ अजगढवा बस्ने ३९ वर्षीय भन्साराम यादव र सोही मोटरसाइकलमा सवार सोही गाउँपालिका-६ थानदेउखुरी बस्ने ३७ वर्षीय सदान मनिहारलाई समेत प्रहरीले पक्राउ गरेको छ। दोलखा, भिमेश्वर नगरपालिका-६ सिम्पानीबाट नियन्त्रित लागूऔषध ट्रामाडोल ४८ ट्याब्लेट सहित २ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने सोही नगरपालिका-७ घर भएका २३ वर्षीय साजन बुढाथोकी र सोही नगरपालिका-३ बस्ने कालिञ्चोक गाउँपालिका-६ घर भएका २१ वर्षीय सुजन पाण्डे रहेका छन्। जिल्ला प्रहरी कार्यालय दोलखाबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो। सुर्खेत, वीरेन्द्रनगर नगरपालिका-९ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३ ग्राम २ सय ५० मिलिग्राम सहित बराहताल गाउँपालिका-६ बस्ने २५ वर्षीय कुशल रोकायालाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो। इलाम, इलाम नगरपालिका-७ देवन चोकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब १ ग्राम ३ सय ९० मिलिग्राम र मोबाइल ४ थान सहित ३ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा देउमाई नगरपालिका-२ बस्ने २९ वर्षीय पासाङ शेर्पा, इलाम नगरपालिका-७ बस्ने २६ वर्षीय रूपन राई र माई नगरपालिका-१ बस्ने २१ वर्षीय अबिरल राई रहेका छन्। जिल्ला प्रहरी कार्यालय इलामबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो। साथै प्रहरीले उनीहरूले प्रयोग गरेको १ थान मोटरसाइकल र १ थान स्कुटर समेत बरामद गरेको छ।  सबै घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मोटरसाइकल र स्कुटर एकआपसमा ठोकिँदा एक जनाको मृत्यु
वीर अस्पतालको निरीक्षण गर्दै मन्त्री गौतमले भनिन्: परामर्श सेवामा सुधार गर्नुहोस
सरकारले संसद् र यसको सचिवालयमाथि आर्थिक बन्देज लगाउने प्रयास गरिरहेको छ : सभामुख
शहीदहरूको बलिदानलाई बेवास्ता गर्ने छुट कसैलाई छैन : बालेन शाह
भीरबाट लडेर गम्भीर घाइते भएकाको हेलिकप्टरमार्फत उद्धार
माओवादीले बाँकेबाट पुनः सुरु गर्‍यो तराई-मधेस जागरण अभियान
यी जिल्लाका नदीमा आज बहाव उल्लेख्य बढ्ने
तालिम केन्द्र छेउमा प्रहरी जवान मृ*त फेला
नेपाली क्रिकेट टोलीको नयाँ जर्सी सार्वजनिक
बढी नाफाको लोभ देखाउँदै ‘नेप्से एआई’ एपबाट ठगी धन्दा, सतर्क रहन आग्रह