वीर अस्पतालको निरीक्षण गर्दै मन्त्री गौतमले भनिन्: परामर्श सेवामा सुधार गर्नुहोस

nepaltathya_news nepaltathya_news
|
सोमबार, मंसिर १, २०८२
|
|
२४ पटक हेरिएको
Shares

सारांश

  • १ मंसिर, काठमाडौं ।
  • स्वास्थ्य तथा जनसंख्या मन्त्री डा.
  • सुधा शर्मा गौतमले वीर अस्पतालको निरीक्षण गरेकी छिन् ।

१ मंसिर, काठमाडौं ।

स्वास्थ्य तथा जनसंख्या मन्त्री डा.सुधा शर्मा गौतमले वीर अस्पतालको निरीक्षण गरेकी छिन् । सोमबार काठमाडौंको वीर अस्पतालको निरीक्षण गर्दै मन्त्री गौतमले परामर्श सेवामा बिरामीहरुलाई कुरा बुझाइदिने विषयमा कमजोर भएको भन्दै सुधार गर्न निर्देशन दिइन् । उनले भनिन्,‘हाम्रो परामर्श सेवामा बिरामीलाई कुरा बुझाइदिने विषयमा कमजोर रहेछौं । त्यसलाई हामीले सुधार गर्नैपर्छ । बिरामीले भनेको छ, एउटा हामीले बुझेका छौं अर्को । त्यसमा सुधार्नै पर्छ । उपचार राम्रो हुँदै गएको छ, तर बिरामीलाई बुझाउने पक्ष अझै सुधार गर्न आवश्यक छ ।’

त्यस्तै उनले निजी अस्पतालमा भन्दा राम्रो स्वास्थ्य सेवा वीर अस्पतालमा भइरहेको भन्दै उनले सर्वसाधारणलाई सरकारी अस्पतालको उपचार सेवा ढुक्क भएर लिन आग्रह गरिन् । वीर अस्पतालको सेवालाई प्रभावकारी बनाउन मन्त्रालयले आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरिन् । मन्त्री गौतमले वीर अस्पतालको पुरानो तथा नयाँ भवनबाट प्रभाव भइरहेको सेवाका बारेमा जानकारी लिँदै केही बिरामीका गुनासा पनि सुनेकी थिइन् । उनले बिरामीहरुबाट चिकित्कहरुले रुखो व्यवहार गर्ने गरेको गुनासो गरेको सुनाइन्् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?