दोलखामा बोलेरो दुर्घटना हुँदा दुई जनाको म*त्यु

nepaltathya_news nepaltathya_news
|
शनिबार, जेठ २४, २०८२
|
|
१६ पटक हेरिएको
Shares

सारांश

  • २४ जेठ, दोलखा ।
  • दोलखामा बोलेरो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।
  • शुक्रबार बेलुका जिल्लाको गौरीशंकर गाउँपालिका ४ डेपुङ भन्ने स्थानमा बोलेरो दुर्घटना भएको थियो ।

२४ जेठ, दोलखा ।

दोलखामा बोलेरो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । शुक्रबार बेलुका जिल्लाको गौरीशंकर गाउँपालिका ४ डेपुङ भन्ने स्थानमा बोलेरो दुर्घटना भएको थियो ।  कालिन्चोक गाउँपालिकाको सिंगटी बजारबाट झ्याकुतर्फ जाँदै गरेको बोलेरो बेलुका ७ बजेर ३० मिनेट जाँदा दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालयका सुचना अधिकारी प्रहरी निरीक्षक श्रीराम तिमल्सिनाले जानकारी दिनुभयो ।

बोलेरो आफैँ अनियन्त्रित भई दुर्घटना भएको उहाँले बताउनुभयो । दुर्घटनाको खबर पाउनसाथ खटिएको प्रहरी टोली घाईतेहरुको उद्धार गरेको थियो । उद्धारको क्रममा उक्त बोलरोमा सवार रहेका ६ मध्ये ३ जनामा चोट लागि घाइते भएकोमा १ जना सामान्य र अन्य २ जनाको गम्भीर रहेको पाइएको प्रहरी जनाएको छ ।  घाईतेमध्ये जिल्ला दोलखा गौरीशंकर गाउँपालिका ४ डेपुङ बस्ने अन्दाजी ३२ वर्षकी डोल्मा शेर्पालाई उपचारका लागी चरिकोट स्थित पशुपति चौलागाई स्मृति अस्पताल पठाईएकोमा अस्पतालले गएराति राति ११:३० बजे मृत्यु घोषणा गरेको प्रहरीले जनाएको छ ।

सोही स्थान बस्ने ४५ वर्षकी फुलमाया शेर्पाको अवस्था गम्भिर रहेकोमा उपचारको लागी चरिकोटतर्फ लैजाने क्रममा वाटोमा आज विहान ०५ः४५ बजे मृत्यु भएको उहाँले बताउनुभयो दुवै मृतकहरुको शव हाल चरिकोट स्थित पशुपति चौलागाई स्मृति अस्पतालमा रहेको प्रहरीले जनाएको छ ।  घाईतेमध्ये छिरी शेर्पाको स्थानीय रोल्वालिङ सामुदायिक अस्पताल सिंगटीमा नै उपचार भइरहेको र घटना सम्वन्धमा थप अनुसन्धानको अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

युक्रेनविरूद्धको युद्धमा एक सय उत्तर कोरियाली सैनिकको मृत्यु : दक्षिण कोरिया
एकै पटक ४ वटा संसदीय समितिको बैठक बस्दै
एमालेले घोषणा गर्‍यो युथ भोलेन्टियर फोर्स
ऐतिहासिक सम्पदाको संरक्षण गर्नु हाम्रो साझा दायित्वः राष्ट्रपति
भैरहवामा अलपत्र यात्रुलाई चार्टर विमानबाट काठमाडौं ल्याइँदै
सुत्केरी महिलाको मृत्यू भएपछि अस्पतालमा तोडफोड
इजरायलद्वारा सिरियाली राष्ट्रपति दरबार क्षेत्रमा आक्रमण
हर्क साम्पाङले पाए दल दर्ताको प्रमाणपत्र
सर्लाहीका २२ वर्षे राजेन्द्र, जसले कृत्रिम खुट्टाको सहारामा अटो रिक्सा चलाएर कमाउँछन् मासिक ६० हजार
जनकपुरमा रेलको ठक्करबाट एक जनाको मृत्यु