एमालेले घोषणा गर्‍यो युथ भोलेन्टियर फोर्स

nepaltathya_news nepaltathya_news
|
आइतबार, कार्तिक १६, २०८२
|
|
२१ पटक हेरिएको
Shares

सारांश

  • १६ कात्तिक, काठमाडौं।
  • नेकपा एमालेले युथ भोलेन्टियर फोर्सको घोषणा गरेको छ ।
  • आइतबार भक्तपुरको गुण्डामा जनसंगठन समन्वय संयन्त्रले आयोजना गरेको विशेष भेलाले युथ भोलेन्टियर फोर्सको घोषणा गरेको हो ।

१६ कात्तिक, काठमाडौं।

नेकपा एमालेले युथ भोलेन्टियर फोर्सको घोषणा गरेको छ । आइतबार भक्तपुरको गुण्डामा जनसंगठन समन्वय संयन्त्रले आयोजना गरेको विशेष भेलाले युथ भोलेन्टियर फोर्सको घोषणा गरेको हो । कार्यक्रममा एमाले अध्यक्ष केपी शर्मा ओली र उनकी पत्नि राधिका शाक्यको उपस्थिति थियो। कार्यक्रममा युवा संघ नेपालका अध्यक्ष महेश बस्नेतले युथ भोलेन्टियर फोर्सको केही आचार संहिता पनि बनाएको बताए ।

उनले भने, ‘हामीले भक्तपुरमा पहिलो पटक युथ भोलेन्टियर फोर्सको घोषणा गरेका छौं। साथै भक्तपुरबाहेक ललितपुर, काठमाडौं, काभ्रे, रामेछापलगायतका जिल्लामा घोषणा गर्नेछौं।’ उनका अनुसार यो युथ फोर्स घोषणा गर्नमा मधेश, पहाड र हिमालका संगठनका साथीहरूले साथ दिएका छन् । नेता महेश बस्नेतका अनुसार केपी ओली गुण्डुमा बस्न थालेपछि दुई महिनादेखि युवाहरु त्यस क्षेत्रमा खटिएका छन् ।  ‘२ महिनामा २ हजार युवा खटे । गुण्डुवासीको तर्फबाट कुनै गुनासो आएको छैन’ उनले भने ।

पुष्प श्रेष्ठ, अमित पौडेललगायतले  अहिलेसम्म  समन्वय गरेको उनले जानकारी दिए । युवा संघ, भूपू सैनिक संगठन, एमाले भक्तपुर लगायतले नेताहरुको सुरक्षामा काम गरिरहेको उनले जानकारी दिए । उनले विगतमा युथ फोर्स निर्माण गरेर माओवादीको आतंक हटाएको उल्लेख गर्दै नेता बस्नेतले अहिले पनि  सबै खालका अराजकता विरुद्ध  युथ भोलेन्टियर्स  फोर्सले काम गर्ने जानकारी दिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

रास्वपाको बृहत्तर एकता घोषणा सभा सोमबार हुने
माछा खाएर बिरामी भएका एकै परिवारका ३ बालबालिकाको मृत्यु
फेसबुकमा प्रधानमन्त्री ओलीलाई गालीगलौज गर्ने वाइसीएल जिल्ला सचिव पक्राउ, साइबर अपराधको मुद्दा
प्रादेशिक अस्पताल मलंगवामा सार्वजनिक बिदाका दिन पनि नियमित सेवा सञ्चालन
गृह मन्त्रालयका ३ सहसचिवको जिम्मेवारी हेरफेर, को कहाँ ?
कञ्चनपुरमा स्कुल बसको ठक्करबाट नाबालकको मृत्यु
विद्युत् महसुल विवाद समाधान गर्न सरकारको स्वीकृति, २४ घन्टाभित्र उद्योगमा लाइन जोडिने
सर्लाहीमा प्रहरीकै निर्देशनमा विवाद मिलाउन पुगेका वडाध्यक्षलाई दोषी बनाएर पक्राउ
सुदूरपश्चिमका सभामुख भण्डारीका अंगरक्षक बोहोराको स्कुटर दुर्घटनामा मृत्यु
यस्तो छ आज सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य