सरकारी निकायलाई नयाँ गाडी किन्न अर्थको सहमति अनिवार्य

nepaltathya_news nepaltathya_news
|
बुधबार, श्रावण २, २०८१
|
|
२ पटक हेरिएको
Shares

सारांश

  •   २ साउन, काठमाडौं ।
  • सरकारी निकायले नयाँ सवारीसाधन किन्नु अगाडि अर्थ मन्त्रालयको सहमति अनिवार्य गरिएको छ ।
  • मन्त्रालयले चालु आर्थिक वर्ष २०८१/८२ को बजेट कार्यान्वयन सम्बन्धी मार्गदर्शन जारी गर्दै यस्तो जानकारी गराएको हो ।

 

२ साउन, काठमाडौं । सरकारी निकायले नयाँ सवारीसाधन किन्नु अगाडि अर्थ मन्त्रालयको सहमति अनिवार्य गरिएको छ ।

मन्त्रालयले चालु आर्थिक वर्ष २०८१/८२ को बजेट कार्यान्वयन सम्बन्धी मार्गदर्शन जारी गर्दै यस्तो जानकारी गराएको हो । ‘अत्यावश्यक अवस्थामा नयाँ सवारीसाधन खरिद गर्नुपर्ने भए अर्थ मन्त्रालयको पूर्वसहमति लिनुपर्ने छ,’ मन्त्रालयले भनेको छ ।अर्थ मन्त्रालयले यस आवमा प्रोत्साहन भत्ता, अतिरिक्त समय लगायतमा भत्ता खर्च लेख्न नपाउने समेत भनेको छ । मर्मत सुधार गर्दा समेत सञ्चालनमा नआउने सवारीसाधन, फर्निचर, कप्युटर, ल्यापटपलगायत सामग्री ६ महिनाभित्र लिलाम गर्न समेत अर्थले भनेको छ । सरकारी खर्चमा सभा, सम्मेलन, गोष्ठी, सेमिनार, अन्तक्र्रिया आयोजना गर्दा सरकारी निकायकै हल प्रयोग गर्न समेत अर्थले भनेको छ ।

वैदेशिक भ्रमणमा अर्थ मन्त्रालयको स्वीकृति अनिवार्य गरिएको छ । विषयगत निकायमा रहेका जनशक्तिको अधिकतम उपयोग गर्नुपर्नेमा त्यसो नगरी वाह्य निकाय/संस्था तथा व्यक्तिबाट परामर्शदाता नियुक्त गरी कार्य सम्पादन गराउने प्रवृत्ति समेत निरुत्साहित गर्न अर्थले भनेको छ । नगद प्रवाह व्यक्त गर्न १ अर्ब रुपैयाँभन्दा बढीको भुक्तानी दिनुपर्ने भए सात दिनअघि नै अर्थ मन्त्रालयलाई जानकारी गराउनुपर्ने भएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सर्लाहीमा पेस्तोलसहित एकजना पक्राउ
कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र : नीति–नेतृत्व मन्थन हुने
सप्तकोशी नदीमा भ्यासका क्रममा सशस्त्रका दुई गोताखोर बेपत्ता
धुलोरहित सडक अभियानमा काठमाडौं महानगर, ढल, सडक मर्मत, कालोपत्रे धमाधम
इजरायली राष्ट्रपतिसँग नेपाली राजदूतको टेलिफोन संवाद, विपिन जोशीबारे छलफल
सुनसरीमा गोली हान्ने र घाइते हुने दुवै ‘तस्कर’, आरोपी २ जना पक्राउ
एक साताभित्र देशभर मनसुन सक्रिय हुन्छ : मौसम विभाग
केदारनाथको लागी उडेको हेलिकप्टर सडकमै अवतरण, पछाडिको भाग क्षतिग्रस्त
सीआईबीको स्पष्टीकरण : ३ महिना लामो अनुसन्धानपछि अरुण चौधरी पक्राउ
आज देशभर पानी पर्ने, यी स्थानमा भारी वर्षाको सम्भावना