प्रचण्डजीसँग संसद चलाउने कुरा गर्न खोजें, तर उहाँ चाहनु भएको छैन: प्रधानमन्त्री ओली

nepaltathya_news nepaltathya_news
|
सोमबार, जेठ १९, २०८२
|
|
१ पटक हेरिएको
Shares

सारांश

  • प्रधानमन्त्री केपी शर्मा ओलीले अवरुद्ध रहेको संसद् सञ्चालन गर्नका लागि आफूले प्रतिपक्षी दलका नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग कुरा गर्न खोजेँ पनि सम्पर्क हुन नसकेको बताएका छन्।
  •    सोमबार एमाले संसदीय दलको बानेश्वरमा बसेको बैठकलाई सम्बोधन गर्दै उनले प्रचण्ड सम्पर्कमै आउन नचाहिरहेको उल्लेख गरेका छन्।
  • ‘भोलि संसद् चलाउँ भनेर मैले प्रचण्डजीसँग पनि कुरा गर्न खोजेँ,’ ओलीले भने, ‘हामी नेताहरुको बीचमा अलिकति छलफल पनि गरौँ भनेर, उहाँ सम्पर्कमा आउन चाहिरहनु भएको छैन।

प्रधानमन्त्री केपी शर्मा ओलीले अवरुद्ध रहेको संसद् सञ्चालन गर्नका लागि आफूले प्रतिपक्षी दलका नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग कुरा गर्न खोजेँ पनि सम्पर्क हुन नसकेको बताएका छन्।   सोमबार एमाले संसदीय दलको बानेश्वरमा बसेको बैठकलाई सम्बोधन गर्दै उनले प्रचण्ड सम्पर्कमै आउन नचाहिरहेको उल्लेख गरेका छन्। ‘भोलि संसद् चलाउँ भनेर मैले प्रचण्डजीसँग पनि कुरा गर्न खोजेँ,’ ओलीले भने, ‘हामी नेताहरुको बीचमा अलिकति छलफल पनि गरौँ भनेर, उहाँ सम्पर्कमा आउन चाहिरहनु भएको छैन।’ भिजिट भिसा प्रकरणमा मुछिएका गृहमन्त्री रमेश लेखकको राजीनामाको माग गर्दै माओवादी केन्द्रसहितका विपक्षी दलहरुले संसद् अवरोध गरिरहेका छन्।

प्रधानमन्त्री ओलीले धेरैतिरबाट खोजी गर्दा पनि प्रचण्ड फेला नपरेको र संसद् बन्द गर्ने मुडमा रहेको उल्लेख गरे। ‘उहाँलाई थाहा नभएको होइन, उहाँलाई धेरैतिरबाट खोजी गर्दा पनि फेला पर्नु भएको छैन,’ उनले भने, ‘उहाँहरु कुरा नगर्ने, बन्द गर्ने मुडमा हुनुहुन्छ होला।’ ओलीले गृहमन्त्रीको राजीनामा माग्ने बिषयलाई नचाहिने भन्दै त्यस्ता कुराले संसद अवरुद्ध गर्न नहुनेमा पनि जोड दिए। ओलीले भने, ‘म भन्न चाहान्छु– यस्ता नचाहिने कुरामा संसद् रोकेर, देश विकासको गतिलाई अवरुद्ध गर्ने खालका काम जनप्रतिनिधिलाई असफल बनाउने काम निरर्थक ढंगले।

अहिले केही नपाएर गृहमन्त्रीको राजीनामा। केही तथ्य, केही प्रमाणले गृहमन्त्रीलाई छुनुपर्‍यो।’  उनले थपे, ‘केहीले छोएको छैन, केही भएको छैन। एउटा कर्मचारीलाई अख्तियारले बोलाएर सोध्योअरे भनेका भरमा। के सोधेको पनि थाहा छैन। बयान लिएको छैन। त्यस्तो अवस्थामा हामीलाई रिस उठेको छ गृहमन्त्रीको, त्यसकारण राजीनामा गर्नुपर्‍यो।’ उनले यसरी संसद् अवरोध नचल्ने भन्दै सांसदहरुलाई त्यसै अनुसार तयार रहन समेत निर्देशन दिए। ‘यस्तो कुराले संसद् अवरोध हुँदैन,’ ओलीले भने, ‘तपाईंहरु मानसिकरुपमा तयार हुनुहोस्। यसरी संसद् अवरोध चल्दैन यो।’

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?