कमल थापा पक्राउ परेपछि राजेन्द्र लिङ्देनले भने- खास लडाइँ भोलिबाट सुरु हुन्छ

nepaltathya_news nepaltathya_news
|
आइतबार, जेठ १८, २०८२
|
|
१६ पटक हेरिएको
Shares

सारांश

  • १८ जेठ, काठमाडौं ।
  •   राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले भोलिदेखि गणतन्त्रविरुद्ध खास लडाइँ सुरु हुने चेतावनी दिएका छन्।
  • राजावादीको आन्दोलनबाट राप्रपा नेपालका अध्यक्ष कमल थापालाई प्रहरीले नियन्त्रणमा लिएपछि उनले भोलिदेखि खास लडाइँ सुरु हुने बताएका हुन्।

१८ जेठ, काठमाडौं । 

राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले भोलिदेखि गणतन्त्रविरुद्ध खास लडाइँ सुरु हुने चेतावनी दिएका छन्। राजावादीको आन्दोलनबाट राप्रपा नेपालका अध्यक्ष कमल थापालाई प्रहरीले नियन्त्रणमा लिएपछि उनले भोलिदेखि खास लडाइँ सुरु हुने बताएका हुन्।  कमल थापा लगायतलाई गिरफ्तार गरियो भन्ने सुनेको छु। नेपाल सरकार, गृहमन्त्री प्रहरी प्रमुखलाई भद्रतापूर्वक मेरो आग्रह छ- कमल थापालाई यहीँ ल्याइदिनुस्,’ उनले भने, ‘होइन भने हामी देशभरीबाट साथीभाइलाई बोलाउछौँ खास लडाइँ भोलिबाट हुन्छ। अब एक ठाउँबाट भेला भएर होइन ५० ठाउँबाट निस्किन्छौँ। अहिले भरखर कमल थापालाई यहीँ नल्याइदिने हो भने भोलिबाट काठमाडौँ उपत्यका बन्द सुरु हुन्छ।’

उनले गणतन्त्रलाई लुटतन्त्रको संज्ञा दिँदै एक एक गरेर नभई देशभरबाट सिंगै परिवार लिएर सडकमा उत्रिने चेतावनी पनि दिए। उनले थपे, ‘हामीलाई कहिले यता जा भन्ने, त्यता जा भन्ने। नेतालाई गिरफ्तर गर्ने?  भोलिदेखि हामी देखाउँछौँ।’ राजावादीहरूले जहाँ जा भन्यो त्यहाँ गएर प्रदर्शन गरिरहेको कुरालाई कमजोरी नठान्न पनि उनले चेतावनी दिए। ‘यो गणतन्त्र ढिलो चाँडो ढाल्ने नै हो। म प्रधानमन्त्री र गणतन्त्रवादीहरुलाई भन्छु- गइसकेको राजतन्त्र कसरी फर्किन्छ भन्नुहुन्छ। हामी देखाउँछौँ’ उनले भने।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?