कमल थापालाई भेट्न जाँदा पक्राउ परे राप्रपाका सांसद सिंह

nepaltathya_news nepaltathya_news
|
आइतबार, जेठ १८, २०८२
|
|
७ पटक हेरिएको
Shares

सारांश

  • १८ जेठ, काठमाडौं ।
  • राजावादीको आन्दोलनबाट पक्राउ परेका राप्रपा, नेपालका अध्यक्ष कमल थापालाई भेट्न पुगेका राप्रपाका सांसद दीपक सिंह पनि पक्राउ परेका छन्।
  •   नक्सालस्थित नारायणचौरमा आन्दोलनकारीलाई उक्साउँदै अभिव्यक्ति दिएको आरोपमा थापासहित ७ जनालाई आज दिउँसो प्रहरीले पक्राउ गरेको थियो।

१८ जेठ, काठमाडौं ।

राजावादीको आन्दोलनबाट पक्राउ परेका राप्रपा, नेपालका अध्यक्ष कमल थापालाई भेट्न पुगेका राप्रपाका सांसद दीपक सिंह पनि पक्राउ परेका छन्।  नक्सालस्थित नारायणचौरमा आन्दोलनकारीलाई उक्साउँदै अभिव्यक्ति दिएको आरोपमा थापासहित ७ जनालाई आज दिउँसो प्रहरीले पक्राउ गरेको थियो। उनीहरूलाई काठमाडौँ प्रहरी परिसरको हिरासतमा राखिएको छ।

केहीबेर अघि काठमाडौँ परिसर पुगेका सिंहलाई प्रहरीले त्यहीँबाट नियन्त्रणमा लिएको हो। ‘उहाँ (दीपक सिंह)लाई प्रहरीले नियन्त्रणमा लिएको छ’ परिसरका प्रवक्ता एसपी अपिलराज बोहोराले नेपालखबरलाई जानकारी दिए।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?