फेरि सर्‍यो कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक

nepaltathya_news nepaltathya_news
|
बिहिबार, मंसिर ४, २०८२
|
|
४ पटक हेरिएको
Shares

सारांश

  • ४ मंसिर, काठमाडौं ।
  • नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको आज बस्ने भनिएको बैठक फेरि सरेको छ।
  •   आज बस्ने भनिएको बैठक आगामी शनिबार बस्नेगरि स्थगित गरिएको कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।

४ मंसिर, काठमाडौं ।

नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको आज बस्ने भनिएको बैठक फेरि सरेको छ।  आज बस्ने भनिएको बैठक आगामी शनिबार बस्नेगरि स्थगित गरिएको कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए। पौडेलले आज सूचना जारी गर्दै अब मंसिर ६ गते शनिबार दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बैठक बस्ने जनाएका छन्।

बैठकमा पदाधिकारी, सदस्य, आमन्त्रित सदस्य र ७ वटै प्रदेश सभापतिहरूको उपस्थिति रहने पौडेलद्वारा जारी सूचनामा जनाइएको छ।  यसअघि मंसिर १ गते बस्ने भनिएको बैठक आजको लागि सारिएको थियो।  कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक एक महिना अघिदेखि जारी छ। महाधिवेशन चुनाव अघि गर्ने कि पछि भन्ने विषयमा कांग्रेसभित्र तीब्र विवाद छ।  बैठकमा सबै नेताहरूले बोलिसके पनि कार्यवाहक सभापति पूर्णबहादुर खड्काले निर्णय नदिएर सभापति शेरबहादुर देउवालाई पर्खिएका थिए।  देउवा सिंगापुरमा उपचार सकेर नेपाल फर्किसकेका छन्। तर, अझै कांग्रेसले महाधिवेशनको सम्बन्धमा ठोस निर्णय गर्न सकेको छैन।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

५७ अंकले बढेको बजारमा साढे १३ अर्ब भन्दा बढीको शेयर कारोबार
बाल संगठनका तत्कालीन उपाध्यक्ष तुलसीनारायण श्रेष्ठ पक्राउ
मध्यपूर्व तनाव : उद्धार र सहायताका लागि ६५ हजार बढी नेपालीले गरे नाम दर्ता
महिला उद्यमशीलताको प्रवर्द्धन गरिनुपर्छ : मुख्यमन्त्री सिंह
रास्वपाको केन्द्रीय समितिको बैठक आज बस्ने
कोलम्बियामा वायुसेनाको विमान दु*र्घटना, कम्तिमा ६६ जनाको मृ*त्यु
निजी कार छोडेर सार्वजनिक यातायात छान्ने अवस्था हाम्रो लक्ष्य हो : कार्यवाहक प्रमुख डंगोल
नेपाल औषधि लिमिटिडसँग जिटुजीमार्फत औषधि खरिद गर्ने स्वास्थ्य मन्त्रालयको तयारी
दाङको तुलसीपुर कारागारबाट भागेका ४० कैदीबन्दी पक्राउ
नयाँ पार्टीहरुको कुनै सिद्धान्त स्पष्ट छैन, तर प्रधानमन्त्रीको दलाली सुरु भइसक्यो : लिङ्देन