आयोजनाको वर्गीकरण र प्राथमिकताका आधारमा बजेट विनियोजन हुने

nepaltathya_news nepaltathya_news
|
सोमबार, जेठ १२, २०८२
|
|
५ पटक हेरिएको
Shares

सारांश

  •    १२ जेठ ,काठमाडौँ ।
  •   सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले यसवर्षको बजेट विनियोजन आयोजनाको वर्गीकरण र प्राथमिकताका आधारमा हुने बताउनुभएको छ ।
  • उहाँले ‘पपुलिस्ट’ बजेट नआउने बताउनुभयो ।

 

 १२ जेठ ,काठमाडौँ । 

सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले यसवर्षको बजेट विनियोजन आयोजनाको वर्गीकरण र प्राथमिकताका आधारमा हुने बताउनुभएको छ । उहाँले ‘पपुलिस्ट’ बजेट नआउने बताउनुभयो । आज यहाँ आयोजित लमजुङको दोर्दी गाउँपालिकाको प्रगति विवरण तथा आगामी आर्थिक वर्ष २०८२/८३ को वार्षिक बजेट तथा कार्यक्रमका लागि सुझाव सङ्कलन एवं अन्तरक्रियामा मन्त्री गुरुङले चर्चा मात्रै हुने कार्यान्वयन गर्न नसकिने बजेट निरुत्साहित गरिने बताउनुभयो । सरकारका प्रवक्तासमेत रहनुभएका मन्त्री गुरुङले भन्नुभयो, “धेरै पैसा खर्च भएर अलपत्र परेका योजना थुप्रै छन्, त्यस्ता अलपत्र योजना पूरा गर्न बजेटले प्राथमिकता पाउँछ । कुनै ‘स्टिमेट’ नगरी बनेका योजना बजेटको प्राथमिकतामा नपर्ने उहाँले बताउनुभयो ।

राष्ट्रिय गौरवका योजना सफल पार्न भने सरकारले जोड दिने मन्त्री गुरुङले जानकारी दिनुभयो । पाँच÷छ वटा राष्ट्रिय गौरवका योजना सम्पन्न गर्ने काममा सरकार केन्द्रित रहेको उहाँको भनाइ छ । उहाँले दोर्दी गाउँपालिकाले गरेको राम्रा कामको प्रशंसा गर्दै स्थानीय तहले बजेट बनाउँदा त्यहाँका बासिन्दाको जीवनस्तर उकास्ने, आर्थिक समृद्धि ल्याउने र गरिबी निवारण गर्ने योजनामा केन्द्रित हुन सुझाव दिनुभयो । “सडक र बाटोघाटो जस्ता ठूला योजना सङ्घीय सरकारले गर्छ”, उहाँले भन्नुभयो, “स्थानीय सरकारले गरिबी हटाउने र रोजगार सिर्जना गर्ने योजना बजेटको प्राथमिकतामा राख्नुपर्छ ।” सूचना प्रविधि युगको समयमा विद्युतीय सुशासन कार्यशैली प्रभावकारी बनाउन स्थानीय तहमा डिजिटल पहुँच विस्तारमा मन्त्रालयले जोड दिएको उहाँले उल्लेख गर्नुभयो । पालिकाले हालसम्मको प्रगति विवरण सार्वजनिक गरेको थियो । जसमा कृषि, रोजगार, स्वास्थ्य, शिक्षा क्षेत्रमा सफलता हासिल गरेको प्रतिवेदन प्रस्तुत गरिएको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रतिशोधपूर्ण रूपमा पक्राउ गरियो, कानुनी लडाइँ लड्छु : पूर्वप्रधानमन्त्री ओली
राष्ट्रिय महिला फुटबल टोलीको मुख्य प्रशिक्षकको लागि आवेदन खुला
यस्तो छ , आजको लागि विदेशी मुद्राको विनिमयदर
अरुण तेस्रो आयोजनाबाट चार सय परिवारले मुआब्जा पाउने
सहकारी प्रकरणमा मेरो कुनै संलग्नता छैन : रवि लामिछाने
गंगासागरको डिलमा भइरहेको निर्माण रोक्न उच्च अदालत जनकपुरको आदेश
जेन-जी आन्दोलनपछि पहिलो पटक सार्वजनिक कार्यक्रममा ओली
अशान्त बंगलादेश : प्रधानमन्त्री र गृहमन्त्री निवासमा लुटपाट, कैयौं स्थानमा आगजनी
मलंगवामा नेपाल जेसीज क्षेत्र ‘क’ सम्मेलन सुरु (फोटो फिचर)
संविधान दिवसमा ४९२ जना कैदीबन्दीलाई रिहा गर्न सिफारिस