गंगासागरको डिलमा भइरहेको निर्माण रोक्न उच्च अदालत जनकपुरको आदेश

nepaltathya_news nepaltathya_news
|
आइतबार, बैशाख ७, २०८२
|
|
५ पटक हेरिएको
Shares

सारांश

  •   ७ वैशाख, जनकपुरधाम – जनकपुरधामको गंगासागरको डिलमा निर्माण भइरहेको निर्माण रोक्न उच्च अदालत जनकपुरले अन्तरिम आदेश दिएको छ।
  • न्यायाधीश राजुराम सिलवालको एकल इजलासले महेन्द्रप्रसाद साहले जिल्ला प्रशासन कार्यालय धनुषा समेतलाई विपक्षी बनाई दायर गरेको उत्प्रेषण मुद्दामा आइतबार उच्चले भवन निर्माण गर्ने कार्य तत्काल अगाडि बढाउने कार्य नगर्न नगराउनु, निर्माण शुरु गरेको भए यथास्थितिमा राखु भनी विपक्षीको नाउँमा उच्च अदालत नियमावली २०७३ को दफा ४२९१० बमोजिम अन्तरिम आदेश जारी गरेको हो।
  • झप्रस्तुत निवेदन सहितको मिसिल संलग्न कागजातहरु अध्यापन गरी निवेदकको तर्फबाट उपस्थित विद्दान वरिष्ठ अधिवक्ताहरु श्री राम नेक साह, श्री मुकेश कुमार कार्की र श्री प्रकाश कुमार घिमिरे र विद्दान अधिवक्ताहरु श्री राहुल कुमार झा, श्री राम सागर साह र श्री राकेश कुमार साहले गर्नुभएको सुनियो।

 

७ वैशाख, जनकपुरधाम –

जनकपुरधामको गंगासागरको डिलमा निर्माण भइरहेको निर्माण रोक्न उच्च अदालत जनकपुरले अन्तरिम आदेश दिएको छ। न्यायाधीश राजुराम सिलवालको एकल इजलासले महेन्द्रप्रसाद साहले जिल्ला प्रशासन कार्यालय धनुषा समेतलाई विपक्षी बनाई दायर गरेको उत्प्रेषण मुद्दामा आइतबार उच्चले भवन निर्माण गर्ने कार्य तत्काल अगाडि बढाउने कार्य नगर्न नगराउनु, निर्माण शुरु गरेको भए यथास्थितिमा राखु भनी विपक्षीको नाउँमा उच्च अदालत नियमावली २०७३ को दफा ४२९१० बमोजिम अन्तरिम आदेश जारी गरेको हो।

झप्रस्तुत निवेदन सहितको मिसिल संलग्न कागजातहरु अध्यापन गरी निवेदकको तर्फबाट उपस्थित विद्दान वरिष्ठ अधिवक्ताहरु श्री राम नेक साह, श्री मुकेश कुमार कार्की र श्री प्रकाश कुमार घिमिरे र विद्दान अधिवक्ताहरु श्री राहुल कुमार झा, श्री राम सागर साह र श्री राकेश कुमार साहले गर्नुभएको सुनियो। यसमा, के कसो भएको होरु निवेदन माग बमोजिमको आदेश किन जारी हुनु नपर्ने होरु आदेश जारी हुनु नपर्ने आधार र कारण भए सो समेत खुलाई बाटाका म्याद आहेक १५ दिनभित्र विपक्षी मध्येका १४,१५,१६ र १७ ले उच्च सरकारी वकिल कार्यालय जनकपुर मार्फत तथा अन्य विपक्षीहरुले आफै वा आफ्नो कानून बमोजिमको प्रतिनिधी मार्फत् लिखित जवाफ पेश गर्नु भनी यो आदेश र निवेदनपत्रको प्रमाणित प्रतिलिपी साथै राखी विपक्षीहरुका नाउँमा म्याद सूचना जारी गरी लिखित जवाफ परे वा अवधि भुक्तान भएपछि नियमानुसार पेश गर्नुहोलाु, आदेशमा भनिएको छ।

गंगासागर पोखरीको डिलसंग जोडिएको गुठी तैनाथी जग्गामा रहेको पोखरी र डिलको यकिन नगरी कुनै पनि निर्माण कार्य नगर्नु भनी गुठी संस्था शाखा कार्यालय जनकपुरबाट विपक्षी रामनारायण मिश्र स्मारक समितिलाई पत्राचार भएको भन्ने निवेदकले पेश गरेको मिसिल, नेपाल सरकार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय सिंहदरबार काठमाडौंबाट जारी भएको सहरी योजना तथा भवन निर्माण मापदण्ड २०७५ मा भवन निर्माण गर्दा सम्पदा क्षेत्रमा रहेको सार्बजनिक पोखरी जलासयको डिलबाट ५ मिटर छाड़ी भवन निर्माण गर्नुपर्ने भन्ने उल्लेख गरेको परिप्रेक्ष्यमा निवेदकले निवेदनमा उल्लेख गरेको गंगासागर पोखरी डिलबाट मापदण्ड बमोजिम छाड्नुपर्ने ५ मिटर जग्गा समेत नछाडी विपक्षीहरुले कुनै पनि निर्माण गर्दा सार्वजनिक सम्पदा समेतलाई तत्काल अपुरणीय क्षति पुग्न सक्ने देखिँदा निवेदनको अन्तिम टुङ्गो नलागेसम्म २०७९ फागुन ४ गतेको जनकपुरधाम उपमहानगरपालिकाबाट भएको नक्शा तथा सो अनुसारको भवन निर्माण ईजाजत अनुसार भवन निर्माण गर्ने कार्य तत्काल अगाडी नबढाउ आदेश दिएको हो।

रामनारायण मिश्र स्मृति स्मारक समितिले मधेश प्रदेश सरकारको ५ करोड ७४ लाख ९६ हजार सहयोगमा केही सातासम्म सडकको रुपमा प्रयोग भइरहेको जग्गामा सालिक निर्माण गरिरहेको छ। सालिक निर्माणले ऐतिहासिक संरचना मास्ने भन्दै स्थानीयले विरोध गर्दै धर्नासमेत दिएका छन्।व्यक्तिको नाममा रहेको जग्गालाई रामनारायण मिश्र स्मृति स्मारक समितिका नाममा नामसारी गरेर जनकपुरधाम उपमहानगरपालिकाबाट नक्सापास गराइएको थियो। दुई वर्षअघि सम्झौता भए पनि स्थानीयको विरोधका कारण गत वर्ष काम हुन सकेको थिएन। पूर्वाधार विकास कार्यालय धनुषाको अनुसार साढे दुई तल्ले भवन बनिरहेको उक्त निर्माणको ठेक्का कर्मा बाबा जेभी निर्माण कम्पनीले पाएको छ। साढे दुई तल्ले भवन बनिरहेको उक्त निर्माण अन्तर्गत भुई तल्लामा सडक, पहिलो तल्लामा दुई हल, एक शौचालय र दोस्रो तल्लामा शालिक, रुम, किचेन निर्माण हुने योजना छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सशस्त्र प्रहरीका आईजीपी भारत प्रस्थान
५ एसएसपी डीआईजीमा बढुवा : अख्तियारमा खनाल, सीआईबीमा खत्री
६ वटा संसदीय समितिको बैठक आज बस्दै
राजधानीमा डाक्टरमाथि हातपातको आरोपमा दुई जना पक्राउ
नागढुङ्गा–नौबिसे सडक दैनिक साढे चार घण्टा बन्द
अधुरा खानेपानी आयोजना र चुरे विनाशका कारण मधेसमा मरुभूमिकरण बढ्योः सांसद शर्मा
राजुनाथ पाण्डेलाई काठमाडौँ महानगरले सोध्यो स्पष्टीकरण, चित्तबुझ्दो जवाफ नआए कारबाही
मंगलबार भएको प्रदर्शनमा घाइते भएका थप २ जनाको मृ*त्यु
श्रीलङ्कामा बस दुर्घटना, २१ तीर्थयात्रीको मृत्यु, १४ गम्भीर
मकवानपुरको सिआन पुनस्र्थापना केन्द्र र लाइफकेयर सेन्टरमा प्रशासन, प्रहरी र सिआइबीको संयुक्त अनुगमन