रामेछापमा बुहारीको हत्या आरोपमा एक व्यक्ति पक्राउ
सारांश
- १० जेठ, काठमाडौं ।
- रामेछापमा बुहारीको हत्या आरोपमा प्रहरीले एक व्यक्तिलाई पक्राउ गरेको छ ।
- पक्राउ पर्नेमा मन्थली नगरपालिका–१२, सिकराल का ६१ वर्षीय शम्भु बुढाथोकी छन् ।

१० जेठ, काठमाडौं ।
रामेछापमा बुहारीको हत्या आरोपमा प्रहरीले एक व्यक्तिलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मन्थली नगरपालिका–१२, सिकराल का ६१ वर्षीय शम्भु बुढाथोकी छन् ।आफ्नी बुहारी २६ वर्षीया पवित्रा बुढाथोकीको हत्या गरेको उनीमाथि आरोप छ ।

शुक्रबार (जेठ ९) साँझ उनलाई पक्राउ गरिएको प्रहरी प्रधान कार्यालयले जानकारी गराएको छ । शम्भुले खुकुरी प्रहार गर्दा पवित्राको मृत्यु भएको भन्ने सूचनापछि प्रहरी टोली खटिएको थियो । घटनाबारे थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया