नक्कली सुनको मूर्ती बेचेर २१ लाख ठगी, आरोपी पक्राउ
सारांश
- ७ जेठ, काठमाडौं ।
- नक्कली सुनको (बुद्ध भगवानको) मूर्ती सस्तो दर भाउमा मिलाई दिन्छु भनी ठगी गरेको आरोपमा एक व्यक्ति पक्राउ परेका छन्।
- पक्राउ पर्नेमा संखुवासभा धर्मदेवी नगरपालिका–३ बाइसजोरे बस्ने वर्ष ४९ का काशीनाथ पौडेल रहेका छन्।

७ जेठ, काठमाडौं ।
नक्कली सुनको (बुद्ध भगवानको) मूर्ती सस्तो दर भाउमा मिलाई दिन्छु भनी ठगी गरेको आरोपमा एक व्यक्ति पक्राउ परेका छन्। पक्राउ पर्नेमा संखुवासभा धर्मदेवी नगरपालिका–३ बाइसजोरे बस्ने वर्ष ४९ का काशीनाथ पौडेल रहेका छन्। पौडेलले २०८१ मंसिर ८ गते धनकुटाको धनकुटा नगरपालिका–४ घर भइ हाल भक्तपुरको मध्यपुर ठिमी नगरपालिका–६ बस्ने बर्ष ३९ को प्रेम कुमार विक लाई नगद रु १० लाख र २०८१ चैत ११ गते सुनसरीको बराहक्षेत्र

नगरपालिका–१ हाल काठमाडौँको न्यूरोड बस्ने वर्ष २४ का राजकुमार विकलाई ११ लाख ८५ हजार रुपैयाँ ठगी गरी फरार रहेका प्रहरीले जनाएको छ। घटनाको अनुसन्धानका क्रममा उक्त कार्यमा संलग्न पौडेललाई यही जेठ १ गते पक्राउ गरी थप अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी परिसर, काठमाडौँ पठाइएको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ।

प्रतिक्रिया