बागमती प्रदेशसभाको बैठक आगामी चैत १९ गते बस्ने

nepaltathya_news nepaltathya_news
|
बुधबार, चैत्र १३, २०८१
|
|
४ पटक हेरिएको
Shares

सारांश

  • १३ चैत, हेटौंडा ।
  • बागमती प्रदेशसभाको बैठक आगामी चैत १९ गते बस्ने भएको छ ।
  • प्रदेशसभाका सभामुख भुवन कुमार पाठकले प्रदेश सभा बैठक १९ गते १ बजेका लागि आव्हान गरेका हुन् ।

१३ चैत, हेटौंडा ।

बागमती प्रदेशसभाको बैठक आगामी चैत १९ गते बस्ने भएको छ । प्रदेशसभाका सभामुख भुवन कुमार पाठकले प्रदेश सभा बैठक १९ गते १ बजेका लागि आव्हान गरेका हुन् । बैठकमा संशोधनका लागि प्राप्त ४ विधेयकलाई पारित गर्ने कार्यसूची रहेको सभामुख पाठकले जानकारी दिए । प्रदेशसभाको हिउँदे अधिवेशन अन्तर्गत दोस्रो कार्यकालको पाँचौ अधिवेशनको सातौं बैठक आह्वान गरिएको उनले बताए । संसदीय समितिमा विचाराधीन रहेको संशोधन विधेयकका प्रतिवेदन पेश गरी पारित गर्नुपर्ने भएकाले प्रदेश सभा बैठक आव्हान गरिएको उनले बताए । यसअघि प्रदेशसभाको गत माघ १८ गतेबाट सुरु भएको हिउँदे अधिवेशन अन्तर्गत माघ २३ मा २, माघ २४ मा १ र माघ २६ मा २ वटा बैठकहरु संचालन भएका थिए ।

सो पश्चात अनिश्चितकालका लागि स्थगित भएको बैठक २ महिनापछि आह्वान गरिएको हो ।
गत माघ २६ गते बसेको प्रदेशसभा बैठकले प्रदेश खेलकुद विकास ऐन २०७५ लाई संशोधन गर्न बनेको विधेयक पारित गरेको थियो भने अन्य ४ विधेयकलाई संसदीय समितिमा छलफलका लागि पठाएको थियो । प्रदेशसभाकी सूचना अधिकारी हेमा न्यौपानेका अनुसार प्रदेशसभाको बैठकले विषयगत समितिमा रहेको मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान २०७६ लाई संशोधन गर्न बनेको विधेयक, कृषि विकास सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, प्रदेश औद्योगिक व्यवसाय ऐन २०७६ लाई संशोधन गर्न बनेको विधेयक, प्रादेशिक व्यापार तथा व्यवसायी सम्बन्धी ऐन २०७६ लाई संशोधन गर्न बनेको विधेयकको प्रतिवेदन पेश हुनेछ ।

प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाबाट फिर्ता भई आएको प्रदेश कृषि विकास विधेयक सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पनि संशोधन सहित प्रतिवेदन पेश हुने कार्यसूचि रहेको उहाँको भनाई छ । प्रदेश सभा बैठक आव्हान भएसँगै संसदीय समितिको बैठक बसेत बोलाइएको छ । सूचना अधिकारी न्यौपानेका अनुसार शिक्षा, स्वास्थ्य तथा कृषि समितिको बैठक चैत १३ र १४ गतेका लागि बोलाइएको छ भने उद्योग पर्यटन तथा वातावरण समितिको बैठक चैत १७ र १८ गते बस्ने तय भएको छ । उक्त बैठकले प्रदेश सभामा पेश हुने संशोधन विधेयकको प्रतिवेदनलाई अन्तिम रुप दिने उनको भनाई छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कारागार तोडफोड र आगजनी गर्दै फरार भएका मध्ये एक हजार ४५५ कैदीबन्दी पक्राउ, १२ हजार ८५२ अझै फरार
युक्रेनको राजधानी किभमा रुसले हान्यो २५० ड्रोन, १३ जनाको मृत्यु, ५६ घाइते
रवि लामिछानेको रिट निवेदनमा आज पनि सुनुवाइ हुने
राजासहितको हिन्दु राष्ट्रका लागि सडक सङ्घर्ष गर्छौँ : महामन्त्री राणा
सांसद सूर्य थापाको प्रश्न : हामी संसदमा छौं कि रत्नपार्कमा ?
मेलम्चीको पाइप फुटेपछि यस्तो छ थापाथली क्षेत्र
धनुषामा विष सेवनबाट तीन बालबालिकाको मृ*त्यु, आमा गम्भीर
प्रधानमन्त्रीको ब्रिफिङ : लामिछानेले आज बोल्न पाउनुहुन्छ
गाजामा इजरायली आक्रमणको विरोधमा मोरक्कोको राजधानीमा प्रदर्शन
टोखामा जुवातास खेलिरहेका अवस्थामा ३ महिलासहित ११ जना पक्राउ,