चामल किन्न नपरेको अभिव्यक्तिका कारण कृषिमन्त्रीले दिए राजीनामा

nepaltathya_news nepaltathya_news
|
बुधबार, जेठ ७, २०८२
|
|
४ पटक हेरिएको
Shares

सारांश

  •   ७ जेठ,  जापान ।
  • समर्थकहरुले चामल दिने गरेकाले आफूले कहिल्यै किन्न नपरेको अभिव्यक्ति दिएपछि विवादमा तानिएका जापानका कृषिमन्त्रीले पदबाट राजीनामा दिएका छन् ।
  • जापानका कृषिमन्त्री ताकु एतोले यसै साता दिएको सार्वजनिक अभिव्यक्तिको मतदाताहरू र सांसदहरूले तीव्र आलोचना गरेका थिए ।

 

७ जेठ,  जापान ।

समर्थकहरुले चामल दिने गरेकाले आफूले कहिल्यै किन्न नपरेको अभिव्यक्ति दिएपछि विवादमा तानिएका जापानका कृषिमन्त्रीले पदबाट राजीनामा दिएका छन् । जापानका कृषिमन्त्री ताकु एतोले यसै साता दिएको सार्वजनिक अभिव्यक्तिको मतदाताहरू र सांसदहरूले तीव्र आलोचना गरेका थिए । पछिल्लो एक वर्ष जापानमा चामलको मूल्य दोब्बरले बढेको छ ।

नागरिकहरु महँगो चामलको कारण मारमा परिरहेका बेला कृषि मन्त्रीले दिएको अभिव्यक्तिको आलोचना भएको थियो । आफ्नो अभिव्यक्ति अनुपयुक्त भएको महसुस गर्दै उनले राजीनामा दिएको समाचार एजेन्सी रोयटर्सले जनाएको छ । ‘चामलको मूल्य आकासिएर नागरिकहरू पीडित भएका बेला मैले अनुपयुक्त अभिव्यक्ति दिएको छु,’ बुधबार प्रधानमन्त्रीको कार्यालयमा राजीनामा बुझाएपछि एतोले पत्रकारहरूसँग भनेका छन् । जापानको सरकारी प्रसारक एनएचकेका अनुसार अब पूर्व वातावरण मन्क्री शिन्जिरो कोइजुमीले कृषि मन्त्री नियुत्त हुनेछन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बालेनलाई निवासमै बोलाएर विद्याले राखिन् बजेटबारे चासो
क्षतिग्रस्त झोलुङ्गे पुल मर्मत नहुँदा दुर्घटनाको जोखिम
शौचालयमा लडेर भारतीय पर्यटकको मृत्यु
अब राष्ट्रिय परिचयपत्रको नम्बरबाटै स्वास्थ्य बीमा
शिक्षक आन्दोलन : मन्त्रिपरिषद् र मन्त्रालयले गर्न सक्ने निर्णयमा सरकार तयार
कतारको ग्यास प्लान्टमा इरानद्वारा क्षेप्यास्त्र आक्रमण : विश्वव्यापी उर्जा आपुर्तिमा धक्का
शुक्रबार घटेको सुनको मूल्य आज बढ्यो
संसद्‌ विघटनले मलाई पछ्याइरहन्छ भन्ने थाहा छ : विद्यादेवी भण्डारी
खोटाङ केन्द्रबिन्दु भएर भूकम्प
निर्वाचन सुरक्षाका लागि एक लाख २० हजार म्यादी प्रहरी भर्ती गर्ने निर्णय