बालेनलाई निवासमै बोलाएर विद्याले राखिन् बजेटबारे चासो

nepaltathya_news nepaltathya_news
|
आइतबार, आषाढ २२, २०८२
|
|
४ पटक हेरिएको
Shares

सारांश

  • २२ असार, काठमाडौं ।
  • राजनीतिमा सक्रिय भएको घोषणासँगै पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले राजनीतिक भेटवार्ता पनि बढाएकी छिन् ।
  • यसैबीच भण्डारीले गत बिहीबार काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) सँग भेटवार्ता गरेकी छिन् ।

२२ असार, काठमाडौं ।

राजनीतिमा सक्रिय भएको घोषणासँगै पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले राजनीतिक भेटवार्ता पनि बढाएकी छिन् । यसैबीच भण्डारीले गत बिहीबार काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) सँग भेटवार्ता गरेकी छिन् । मेयर बालेननिकट स्रोतले अनलाइनखबरलाई बताए अनुसार, गत बिहीबार मेयर बालेनले भण्डारीको निजी निवास भंगालमै पुगेर भेट गरेका हुन् । एमालेकै एक नेताले मेयर बालेनलाई भण्डारीसँग भेटघाटको तारतम्य मिलाएका थिए ।

भेटवार्ताका क्रममा पूर्वराष्ट्रपति भण्डारीले काठमाडौं महानगरपालिकाको पछिल्लोपटक भइरहेको विवादबारे चासो राखेकी थिइन् । उनले आगामी आर्थिक वर्षको बजेट तथा नीति कार्यक्रम ल्याउन नसक्नुको कारणबारे पनि बालेनसँग सोधखोज गरेकी थिइन् । उहाँले खासगरी बजेटसँग सम्बन्धित रहेर केही कुराकानी गर्नुभयो,’ बालेन निकट ती सदस्यले भने, ‘बजेट ल्याउन भइरहेको असहजताबारे मेयर साबले पनि आफ्ना कुरा राख्नुभयो ।’ विशेषगरी प्रमुख प्रशासकीय अधिकृत र कार्यपालिका सदस्यसँग विविध विषयमा एकमत हुन नसक्दा कार्यपालिका बैठक बस्न सकेको छैन । बैठक बस्न नसकेपछि अहिलेसम्म महानगरले बजेट ल्याउन पनि सकेको छैन ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

निलम्बनविरुद्ध उच्च अदालत पुगे राजुनाथ पाण्डे
देउवाले १० महिनापछि बोलाए कांग्रेस केन्द्रीय कार्यसमिति बैठक
खाना खान नदिएको निउमा सर्लाहीमा एक महिलाको ह*त्या
राजेश हमालको निर्देशनमा फिल्म बनाउने भन्दै भ्रष्टाचार, गाउँपालिका अध्यक्षसहित ४ जनाविरुद्ध मुद्दा
संसारकोट दरबारको पुनःनिर्माण गरिँदै
नेपालगञ्‍ज पुगे प्रचण्ड, अनेमसंघको सम्मेलनमा भाग लिन बर्दिया जाँदै
डेङ्गु नियन्त्रण गर्न लामखुट्टेको लार्भा नष्ट अभियान
धनुषाको मिथिलामा ५१२औं दिव्य धर्म यज्ञ दिवस मनाइँदै, अखण्ड भण्डारा गराइने
नेसपा केन्द्रीय सदस्य साहसहितका नेताहरू माओवादीमा प्रवेश
ड्राइभिङ लाइसेन्सको लिखित परीक्षामा नक्कली परीक्षार्थी, दुई जना पक्राउ