नेपालले स्कटल्याण्डविरुद्ध पहिले बलिङ गर्दै

nepaltathya_news nepaltathya_news
|
सोमबार, जेठ १९, २०८२
|
|
३ पटक हेरिएको
Shares

सारांश

  • १८ जेठ, काठमाडौं ।
  • आइसीसी क्रिकेट विश्वकप लिग–२ मा स्कटल्याण्डविरुद्ध नेपालले पहिले बलिङ गर्ने भएको छ ।
  • फोर्टहिलमा केही समयमा सुरु हुने खेलमा टस जितेर नेपालले पहिले बलिङ रोजेको हो ।

१८ जेठ, काठमाडौं ।

आइसीसी क्रिकेट विश्वकप लिग–२ मा स्कटल्याण्डविरुद्ध नेपालले पहिले बलिङ गर्ने भएको छ । फोर्टहिलमा केही समयमा सुरु हुने खेलमा टस जितेर नेपालले पहिले बलिङ रोजेको हो । नेपालले यसअघि पनि लिग २ अन्तर्गत स्कटल्याण्डसँग खेलिसकेको छ ।

गत अक्टोबरमा अमेरिकामा भएको शृंखलामा नेपालले स्कटल्याण्डविरुद्ध एक खेल जितेको थियो भने अर्को खेल वर्षाका कारण सम्पन्न हुन सकेन । ओडिआई इतिहासमा नेपाल र स्कटल्याण्डबीच ८ खेल भइसकेका छन्, जसमा नेपालले ४ खेल जितेको छ भने स्कटल्याण्डले ३ जित निकालेको छ । एक खेल नतिजाविहीन रहेको छ । पछिल्ला चार खेलमा नेपाल अपराजित रहँदै ३ खेलमा विजयी भएको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?