प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवाबीच भेटवार्ता

nepaltathya_news nepaltathya_news
|
मंगलबार, जेठ ६, २०८२
|
|
१ पटक हेरिएको
Shares

सारांश

  •   ६ जेठ, काठमाडौं ।
  •   प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ ।
  • प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा समसामयिक राजनीतिक अवस्थाबारे छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

 

६ जेठ, काठमाडौं । 

प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा समसामयिक राजनीतिक अवस्थाबारे छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।प्रधानमन्त्री ओलीको सचिवालयका एक सदस्य रामशरण बजगाईंले भने, ‘हिजो नै भेट्ने कार्यक्रम थियो ।

तर हिजो भेट हुन नसकेपछि आज भेट भएको हो ।’ बजगाईंले यो भेट नियमित भएको बताए । प्रधानमन्त्रीको स्वास्थ्यको कारण देखाउँदै देउवासँगको भेट आजका लागि सारिएको थियो । आज पनि स्वास्थ्य त्यति राम्रो नभए पनि बाहिरको कार्यक्रममा सहभागी नभई प्रधानमन्त्री निवासमै भेटघाटको कार्यक्रम राखिएको हो । प्रधानमन्त्रीको अस्वस्थताको कारण आज संसदमा जवाफ दिने कार्यक्रम भने स्थगित गरिएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?