प्रधानमन्त्रीको निर्देशनः सरकारले आयोजना गर्ने कार्यक्रममा सहभागी नहुनेलाई अर्को पटक नबोलाउनू

nepaltathya_news nepaltathya_news
|
सोमबार, जेठ ५, २०८२
|
|
४ पटक हेरिएको
Shares

सारांश

  •   ५ जेठ, काठमाडौं ।
  •   प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको तर्फबाट आयोजना गरिएका कार्यक्रममा बोलाउँदा पनि सहभागी नहुनेहरुलाई अर्को पटकदेखि नबोलाउन निर्देशन दिएका छन्।
  • सोमबार सिंहदरबारमा बसेको गणतन्त्र दिवस मूल समारोह समितिको बैठकमा बोल्दै उनले यस्तो निर्देशन दिएका हुन्।

 

५ जेठ, काठमाडौं । 

प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको तर्फबाट आयोजना गरिएका कार्यक्रममा बोलाउँदा पनि सहभागी नहुनेहरुलाई अर्को पटकदेखि नबोलाउन निर्देशन दिएका छन्। सोमबार सिंहदरबारमा बसेको गणतन्त्र दिवस मूल समारोह समितिको बैठकमा बोल्दै उनले यस्तो निर्देशन दिएका हुन्।  उनले काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र साहप्रति लक्षित गर्दै सधैँ कार्यक्रममा बोलाइरहनुपर्ने तर कहिल्यै नआउने गरेको टिप्पणी गरे।

कुनै पनि सरकारले आयोजना गरेका कार्यक्रमहरुमा सधैँ नाम राखेर बोलाइरहने तर नआउने गरेको भन्दै उनीहरुको रेकर्ड हेरेर आगामी कार्यक्रमदेखि नाम नराख्न निर्देशन दिए। कुनै अर्थ र महत्व नै नबुझ्नेहरुको नाम सधैँ झुन्ड्याइरहने काम राम्रो नभएको उनले उल्लेख गरे।उनले भने, ‘कहिले पनि नआउने, नाम राखिरहनुपर्ने। मानका खातिर मानको चलन चाहिँ छोड्दा पनि हुन्छ कि क्यो हो। कोही कोही मान्छे हरेक फङ्सनमा राख्ने गर्दछौँ। कहिल्यै देखा पर्दैन। त्यस्तो खालको मान्छे खोज्यो भने भेटिन्छन् कि जस्तो लाग्छ। कहिले पनि नआउने, नाम सधैँ टाँस्नुपर्ने, कुनै अर्थ छैन, महत्व नै छैन, अर्थ नै छैन भने सधैँ नाम झुन्ड्याइरहने नगरे पनि हुन्छ। आउनुपर्ने नआइदिने, बोलाउने सधैँ बोलाइराख्नुपर्ने। यस्तो हुँदैन। अर्को पल्टसम्ममा सोधीखोजी गर्नुहोला। हेर्नुहोला रेकर्ड, को एक पटक पनि आउँदैन। त्यो रेकर्ड हेरेर आउने हो कि होइन सोधेर आउने नभए नाम नराख्नु होला। हरेक पटक इतिहास बनिरहने, नाम छापिरहनुपर्ने, मान्छे नआउने।’

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

वेष्ट इण्डिजका चन्द्रपाल जनकपुरको मुख्य प्रशिक्षक नियुक्त
सभामुखद्वारा प्रतिनिधिसभामा उठेका विषयहरूप्रति सरकारको ध्यानाकर्षण
वर्षाका कारण दाउन्ने सडकखण्ड रुपमा अवरुद्ध
हुम्लामा जीप दुर्घटना : ५ जनाकाे अवस्था गम्भीर
हेटौँडामा मोटरसाइकलको ठक्करबाट एक जनाको मृत्यु
नागार्जुनमा जुवाको अखडा, आठ जुवाडे पक्राउ
रवि लामिछानेको बयान चल्दै गर्दा रास्वपा र सहकारी पीडितको प्रदर्शन
गुल्मीमा नाबालिका करणी आरोपमा एकजना पक्राउ
भूकम्प प्रभावित क्षेत्रमा प्रयोग भएका जहाज र हेलिकप्टरको इन्धन खर्च आयल निगमले बेहोर्ने
आइपिएल पुन: सुचारु हुदै, बाँकी खेल यी तीन स्टेडियममा हुनसक्ने