रवि लामिछानेविरुद्ध राहदानी दुरुपयोगसम्बन्धी मुद्दा आज पेशीमा

nepaltathya_news nepaltathya_news
|
सोमबार, चैत्र १६, २०८२
|
|
३ पटक हेरिएको
Shares

सारांश

  • १६ चैत, काठमाडौं ।
  • रास्वपा सभापति रवि लामिछानेको राहदानी दुरुपयोग सम्बन्धी मुद्दा सर्वोच्च अदालतमा पेशीमा चढेको छ ।
  • मुद्दा सर्वोच्चका न्यायाधीशद्वय कुमार रेग्मी र मेघराज पोखरेलको इजलासमा परेको छ ।

१६ चैत, काठमाडौं ।

रास्वपा सभापति रवि लामिछानेको राहदानी दुरुपयोग सम्बन्धी मुद्दा सर्वोच्च अदालतमा पेशीमा चढेको छ । मुद्दा सर्वोच्चका न्यायाधीशद्वय कुमार रेग्मी र मेघराज पोखरेलको इजलासमा परेको छ । यसअघि लगातार चारपटकसम्म हेर्न नभ्याइएको सो मुद्दा आज १२ औं नम्बरमा रहेको छ । लामिछानेले दोहोरो (नेपाली र अमेरिकी) राहदानी राहदानी लिई प्रयोग गरेको भन्दै युवराज पौडेलले दुई वर्षअघि सर्वोच्चमा रिट दायर गरेका थिए ।

लामिछानेविरुद्ध राहदानीको दुरुपयोग मुद्दा नचलाउने महान्यायाधिवक्ता कार्यालयको निर्णय कानुनविपरीत रहेको रिटमा माग दावी गरिएको छ । तत्कालीन महान्यायाधिवक्ता दिनमणि पोखरेलले ६ चैत २०७९ मा लामिछानेविरुद्ध राहदानी विवादमा मुद्दा नचल्ने निर्णय गरेका थिए । त्यसविरुद्ध युवराज सफल सर्वोच्च गएका हुन् । यसअघि यो मुद्दामा सर्वोच्चले तीन पटक फाइल मगाउने निर्णय गरेको थियो । २२ चैत २०७९ मा न्यायाधीश हरिप्रसाद फुयाँलको इजलासले कारण देखाउ आदेश जारी गरेको थियो । अदालतले राहदानीसम्बन्धी विवादमा महान्यायाधिवक्ता कार्यालयसँग लामिछानेविरुद्ध मुद्दा नचलाउने निर्णय गर्नुको कारण माग गरेकोमा सो निर्णय प्राप्त भएपछि दोहोरो सुनुवाइ हुन लागेको हो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मौद्रिक नीतिको समीक्षालगत्तै नेप्सेमा हरियाली- ४९.१५ अंकले बढ्दा ११ अर्ब ३९ करोडको कारोबार
दाङको तुलसीपुर कारागारबाट भागेका ४० कैदीबन्दी पक्राउ
आज जनैपूर्णिमा र रक्षाबन्धन पर्व मनाइँदै
लोकतन्त्र जनआवाज सुन्ने, संवाद गर्ने र समाधान खोज्ने प्रणाली हो : प्रधानमन्त्री कार्की
एमाले जग्गादानविरुद्धको रिट निवेदन सर्वोच्चद्वारा खारेज
अर्थमन्त्री पौडेलको वचन-निजी क्षेत्रको मनोबल बढाइन्छ, सम्भव र उपयक्त माग पूरा हुन्छ
छठ बिदा बढाउन सरकारसँग मधेसी अधिकृत समाजको माग
नवलपरासीमा आल्मुनियम रड उत्पादन गर्ने उद्योग सञ्चालन
प्रहरीको डीएसपी भन्दै ठगी गरेको आरोपमा २ जना पक्राउ
विश्वकप छनोट : नेपाल समूहको अन्तिम खेलमा जापानसँग भिड्दै