आन्दोलनरत शिक्षकसँग प्रधानमन्त्रीले वार्ता गर्नुपर्छ, काङ्ग्रेस

nepaltathya_news nepaltathya_news
|
सोमबार, चैत्र २५, २०८१
|
|
१९ पटक हेरिएको
Shares

सारांश

  •   २५ चैत,  काठमाडौं ।
  • नेपाली काङ्ग्रेसले आन्दोलनरत शिक्षकहरूसँग सरकारले वार्ता गर्नुपर्ने बताएको छ ।
  • काङ्ग्रेसका केन्द्रीय शिक्षा विभाग प्रमुख नैनसिह महरले विज्ञप्ति जारी गर्दै विगतमा भएको  सहमतिलाई आधार मानेर प्रधानमन्त्रीले नै आन्दोलनरत शिक्षकसँग वार्ता र संवाद गर्नुपर्ने बताएका छन् ।

 

२५ चैत,  काठमाडौं ।

नेपाली काङ्ग्रेसले आन्दोलनरत शिक्षकहरूसँग सरकारले वार्ता गर्नुपर्ने बताएको छ । काङ्ग्रेसका केन्द्रीय शिक्षा विभाग प्रमुख नैनसिह महरले विज्ञप्ति जारी गर्दै विगतमा भएको  सहमतिलाई आधार मानेर प्रधानमन्त्रीले नै आन्दोलनरत शिक्षकसँग वार्ता र संवाद गर्नुपर्ने बताएका छन् ।

“उत्पन्न परिस्थितिको दीर्घकालीन निकासका लागि शिक्षक महासङ्घसँग यसअघि भएको सहमति र सम्झौतालाई आधार मानी आन्दोलनरत शिक्षकहरूका माग सम्बोधन गर्न सरकार प्रमुखकै तहबाट शीर्ष वार्ता संवादको पहल थाल्न माग गर्छु ।” विज्ञप्तिमा उल्लेख छ ।आन्दोलनको क्रममा नेपाल शिक्षक सङ्घले घोषणा गरेको शैक्षिक आम हड्तालका कारणले विद्यालयहरूमा पठनपाठन समेत प्रभावित भएको उल्लेख छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?