राजधानीमा आजदेखि ठूला र मालवाहक सवारी प्रवेशमा रोक

nepaltathya_news nepaltathya_news
|
शनिबार, आश्विन १९, २०८१
|
|
३ पटक हेरिएको
Shares

सारांश

  •  काठमाडौँ।
  • त्रिभुवन राजपथ र पृथ्वी राजमार्गमा सवारी जामको समस्या कम गर्न आजदेखि निर्माण सामग्री बोकेका ठूला मालवाहक सवारी राजधानी प्रवेशमा रोक लगाईएको छ ।
  • हिन्दुहरुको महान् पर्व वडादसैँ सुरु भईसकेको संघीय राजधानी काठमाण्डौंबाट पर्व मनाउन राजधानीबाट बाहिरिने सवारीका साधनहरूको चाप अत्यधिक बढेको छ ।

 काठमाडौँ।

त्रिभुवन राजपथ र पृथ्वी राजमार्गमा सवारी जामको समस्या कम गर्न आजदेखि निर्माण सामग्री बोकेका ठूला मालवाहक सवारी राजधानी प्रवेशमा रोक लगाईएको छ ।

हिन्दुहरुको महान् पर्व वडादसैँ सुरु भईसकेको संघीय राजधानी काठमाण्डौंबाट पर्व मनाउन राजधानीबाट बाहिरिने सवारीका साधनहरूको चाप अत्यधिक बढेको छ । यात्राका क्रममा सवारी जामका कारण यात्रुहरूले सास्ती खेप्नु नपरोस भन्ने उद्देश्यले टेलर लगायतका सवारी राजधानी प्रवेशमा रोक लागाइएको हो।

यस वर्ष गत वर्षको दसैँमा भन्दा पृथ्वी राजमार्ग हुँदै राजधानी बाहिरिने र राजधानी भित्रने सवारीका साधनहरूको चाप दोब्बरले वृद्धि भएको छ । बिपी राजमार्ग गत साताको बाढी र पहिरोका कारण बिग्रिएपछि पूर्वी नेपालको अधिकांश जिल्लाहरू र मधेस प्रदेश क्षेत्रमा जाने सवारीका साधनहरुले पृथ्वी राजमार्ग र त्रिभुवन राजपथ नै प्रयोग गरेका छन् ।

विशेष गरी चितवनको नारायणघाटदेखि काठमाडौँसम्म ट्रेलरसहितका ठूला सवारी सञ्चालनमा रोक लगाउने निर्णय यातायात व्यवस्था विभागले गरेसँगै स्थानीय प्रशासनले सोको कार्यान्वयन गरेको हो ।

घटस्थापनादेखि कार्तिक १ गतेसम्म ट्रेलर र अन्य ठूला गाडी सञ्चालनमा रोक लगाउने निर्णय यसअघि नै गरेको थियो । यात्रुवाहक गाडीलाई प्राथमिकता दिने गरी ठुला गाडी सञ्चालनमा रोक लगाउने निर्णय गरिएको हो ।

औषधि र तरकारीलगायत दूध बोकेका बाहेक अन्य ठुला गाडी आउँदो कार्तिक १ गतेसम्म बन्द रहने छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कश्मिरमा मारिएका सुदीपको त्रिवेणीमा अन्त्येष्टि, काकाले दिए दागबत्ती
पौडी खेल्न बूढीगण्डकीमा पसेका किशोरको डुबेर मृत्यु
आजको मौसम : देशभर पश्चिमी वायुको प्रभाव, तराईमा हुस्सु र पहाडमा आंशिक बदली
आर्थिक लेनदेनको आशंकामा प्रहरीको भैंसेपाटी प्रभाग इन्चार्जलाई निलम्बन गर्न सिफारिस
विराटनगर किंग्सले गुमायो पाँचौं विकेट
यी दुई सर्त पूरा नभए आफू अन्तरिम सरकारको नेतृत्व लिन नसक्ने कार्कीकाे अडान !
टिकटक बन्द नगरे आइएसपीहरूलाई कारबाही गर्छौं : प्राधिकरण
भरत ताल निर्माणमा गडबडी, मेयर भरतकुमार थापाविरुद्ध ३ मुद्दा
प्रहरीको चेकिङमा एम्बुलेन्स भित्र लागूऔषध फेला
सुदूरपश्चिमका मुख्यमन्त्री शाहले राजीनामा दिँदै