कालीगण्डकीमा बेपत्ता बालकको शव सशस्त्र प्रहरी बलको गोताखोरले निकाल्यो

nepaltathya_news nepaltathya_news
|
सोमबार, जेठ ५, २०८२
|
|
५ पटक हेरिएको
Shares

सारांश

  •   ५ जेठ, म्याग्दी ।
  •   म्याग्दी जिल्लाको रघुगंगा गाउँपालिका–३ स्थित कालिगण्डकीमा पौडी खेल्ने क्रममा बेपत्ता बालको शव सशस्त्र प्रहरी बलको गोताखोरले फेला पारेको छ ।
  • सोही ठाउँ बस्ने १५ वर्षीय निरज मल्ल पौडी खेल्ने क्रममा यही जेठ ३ गते नदिमा डुबेर बेपत्ता भएका थिए ।

 

५ जेठ, म्याग्दी । 

म्याग्दी जिल्लाको रघुगंगा गाउँपालिका–३ स्थित कालिगण्डकीमा पौडी खेल्ने क्रममा बेपत्ता बालको शव सशस्त्र प्रहरी बलको गोताखोरले फेला पारेको छ । सोही ठाउँ बस्ने १५ वर्षीय निरज मल्ल पौडी खेल्ने क्रममा यही जेठ ३ गते नदिमा डुबेर बेपत्ता भएका थिए ।

सशस्त्र प्रहरी बल नेपाल नं. २४ कालिका गण कास्कीबाट सशस्त्र प्रहरी निरीक्षकको कमाण्डमा खटिएको गोताखोरसहितको टोलीले उनको शव जेठ ५ गते दिउसो साढे १२ बजे करिब १५ फिट गरिहाईबाट निकालेको हो। उनको खोजी कार्यको लागि नं. २४ कालिका गण कास्कीबाट सोमबार  बिहान ४ जना गोताखोर र ५ जना विपद् व्यवस्थापन तालिम प्राप्तसहित १९ जनाको टोली परिचालन भएको थियो ।

 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?