मनसुन सुरु हुनु अगावै सडक स्तरोन्नतिको व्यवस्था गराउन सांसदको माग

nepaltathya_news nepaltathya_news
|
बिहिबार, जेठ १, २०८२
|
|
१ पटक हेरिएको
Shares

सारांश

  •   १ जेठः काठमाडौँ,   प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरूले मनसुन सुरु हुनु अगावै सडकको मर्मत संभार, स्तरोन्नति र निर्माण सम्पन्न गराउन माग गर्नुभएको छ ।
  • बैठकको शून्य समयमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)की सांसद विना लामाले विपद्को पूर्वतयारी गर्न माग गर्नुभयो ।
  • अत्यावश्यक वस्तुको कृत्रिम अभाव देखाएर मूल्य वृद्धि हुन नदिन, सुलभ आपूर्तिको व्यवस्था गर्न र प्रशासनिक निगरानी सुनिश्चित गराउन पनि उहाँले सरकारको ध्यानाकर्षण गराउनुभयो ।

 

१ जेठः काठमाडौँ,  

प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरूले मनसुन सुरु हुनु अगावै सडकको मर्मत संभार, स्तरोन्नति र निर्माण सम्पन्न गराउन माग गर्नुभएको छ । बैठकको शून्य समयमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)की सांसद विना लामाले विपद्को पूर्वतयारी गर्न माग गर्नुभयो । अत्यावश्यक वस्तुको कृत्रिम अभाव देखाएर मूल्य वृद्धि हुन नदिन, सुलभ आपूर्तिको व्यवस्था गर्न र प्रशासनिक निगरानी सुनिश्चित गराउन पनि उहाँले सरकारको ध्यानाकर्षण गराउनुभयो ।

नेपाली कांग्रेसका सांसद बिमलेन्द्र निधिले यही जेठ १५ गते महत्त्वपूर्ण दिन गणतन्त्र दिवस भएकाले सोही दिन बजेट ल्याउने संवैधानिक व्यवस्थालाई संशोधन गर्न आग्रह गर्नुभयो । कांग्रेसका सांसद श्यामकुमार घिमिरेले बजेटको समय आएको भन्दै सिँचाइ र तटबन्धको क्षेत्रमा बजेट बढाउनुपर्ने माग गर्नुभयो । कांगे्रसकी सांसद शान्ति विकले धर्म निरपेक्ष देशमा धर्मको नाममा भेदभाव, हिंसा फैलन नदिन माग गर्नुभयो । सबैको आस्थाप्रति समान व्यवहार गर्न उहाँले सरकार र सबै दलको ध्यानाकर्षण गराउनुभयो । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद शिव नेपालीले स्वच्छ र शुद्ध खानेपानी पिउन पाउने नागरिकको मौलिक अधिकार भए पनि त्यो पूरा हुन नसकेको बताउनुभयो । उहाँले पोखरा महानगरपालिकाभित्र फोहर उठाउने गाडीले लाचुक क्षेत्रको फोहर नउठाएको, मर्दी खोलामा फोहर फालेको भन्ने विषयमा

पोखरा महानगरपारिलका, नेपाल खानेपानी संस्थान पोखरा र अन्य सम्बन्धित निकायको ध्यानाकर्षण गराउनुभयो । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद शिशिर खनालले जापानको ओसाकामा आयोजना भइरहेको ‘ओसाका वल्र्ड एक्स्पो २०२५’ मा विश्वका एक सय ६० भन्दाबढी राष्ट्रले आ–आफनो पहिचान र सम्भावना प्रदर्शन गरिरहेका बताउनुभयो । उहाँले उक्त कार्यक्रम करिब दुई करोड ८० लाखभन्दा बढीले भ्रमण गर्ने अपेक्षा गरिएको उल्लेख गर्दै नेपालले आफ्नो कला, संस्कृति, पर्यटन र लगानी गर्ने सुनौलो अवसर हुँदा पनि त्यससम्बन्धी सामग्री पूरा नगरेको भन्दै यस विषयमा सरकारले ध्यान दिनुपर्नेमा जोड दिनुभयो । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का सांसद शेरबहादुर कुँवरले मुस्लिम समुदायको शिक्षा, स्वास्थ्य र रोजगारीमा पहुँच अभिवृद्धिका लागि उचित बजेटको व्यवस्था गर्नुपर्नेमा जोड दिनुभयो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

चुनावमा भाग लिने निर्णय गरेको नेकपा माओवादी किन मौन ?
इजरायल–इरान तनाव : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रु अलपत्र, १७ लाखभन्दा बढी नेपालीको सुरक्षामा चिन्ता
प्रशासन र व्यवसायीबीच ४ बुँदे सहमति पछि जनकपुरधाममा जारी व्यापारीहरुको आन्दोलन स्थगित
ज्योती डिस्टलरीमा बोइलर विस्फोटमा १ को मृत्यु, ६ घाइते
कोलम्बियामा बस दुर्घटनामा १० जनाको मृ*त्यु
कमिशनमा कुरा मिलेपछि अधिकृत फर्किए, प्रहरी खटाएर चेक बाँडिदै
चैत महिनाका लागि वाणिज्य बैंकको अधिकतम ब्याजदरमा सामान्य गिरावट
एमालेसँग सहकार्य गरेर चुनाव लड्ने सम्भावना छैन : प्रचण्ड
रोजेको मन्त्रालय नपाएपछि मधेश सरकारबाट बाहिरिने जनमतको चेतावनी
बैंकिङ प्रणालीबाट आज ४० अर्ब निक्षेप झिक्दै राष्ट्र बैंक