पाकिस्तान प्रशासित कश्मीरमा हिंसात्मक झडप, तीन प्रहरीको मृ*त्यु

nepaltathya_news nepaltathya_news
|
बिहिबार, आश्विन १६, २०८२
|
|
३ पटक हेरिएको
Shares

सारांश

  • १६ असोज, काठमाडौं ।
  • पाकिस्तान प्रशासित कश्मीर (पीएके) मा बुधबार भएको विरोध प्रदर्शन हिंसात्मक बनेको छ ।
  • चम्याती क्षेत्रमा भएको झडपमा तीन जना प्रहरीको ज्यान गएको छ भने करिब १५० जना प्रहरी घाइते भएका छन् ।

१६ असोज, काठमाडौं ।

पाकिस्तान प्रशासित कश्मीर (पीएके) मा बुधबार भएको विरोध प्रदर्शन हिंसात्मक बनेको छ । चम्याती क्षेत्रमा भएको झडपमा तीन जना प्रहरीको ज्यान गएको छ भने करिब १५० जना प्रहरी घाइते भएका छन् । घाइतेमध्ये आठ जनाको अवस्था गम्भीर छ । पीएकेका प्रधानमन्त्री चौधरी अनवारुल हक र संघीय मन्त्री तारिक फजल चौधरीले संयुक्त पत्रकार सम्मेलन गर्दै घटनाको पुष्टि गरेका छन् । प्रधानमन्त्री हकले हिंसाबाट कुनै उद्देश्य हासिल गर्न नसकिने बताउँदै संघर्षहरूको समाधान सधैं वार्तामार्फत खोजिनुपर्ने धारणा राखेका छन् ।

संघीय मन्त्री चौधरीले भने पाकिस्तानका प्रधानमन्त्रीले आफूलाई समितिका नेताहरूसँग छलफल गरी समाधान निकाल्ने जिम्मेवारी दिएको जानकारी दिएका छन्। उनका अनुसार समितिको ९० प्रतिशत माग पूरा भइसकेको छ र बाँकी विषयमा पनि छलफल गर्न तयार रहेको बताए । पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफले पीएकेमा बिग्रिँदो परिस्थितिप्रति गम्भीर चिन्ता व्यक्त गर्दै घटनाको पारदर्शी छानबिन गर्न आदेश दिएका छन्। उनले अधिकारीहरूलाई विरोध प्रदर्शनबाट प्रभावित परिवारलाई तत्काल सहयोग उपलब्ध गराउन निर्देशन पनि दिएका छन् ।

उनले भने, ‘शान्तिपूर्ण विरोध प्रदर्शन गर्नु प्रत्येक नागरिकको संवैधानिक र लोकतान्त्रिक अधिकार हो तर प्रदर्शनकारीले सार्वजनिक व्यवस्था अव्यवस्थित हुने कार्यबाट बच्नुपर्छ ।’ प्रदर्शनकारीहरूले जम्मु कश्मीर पब्लिक एक्शन कमिटी (पीएसी) मार्फत सरकारसँग प्रशासनिक अधिकारी र राजनीतिक नेताहरूका विशेषाधिकार समाप्त गर्ने, पाकिस्तानमा रहेका शरणार्थीका लागि १२ विधानसभा सिटको व्यवस्था, निःशुल्क स्वास्थ्य सुविधा, पोशाक र शिक्षा, अन्तर्राष्ट्रिय विमानस्थलको स्थापना, कोटा प्रणालीको अन्त्य र न्यायिक प्रणालीमा सुधार जस्ता मागहरू राखेका छन् । nहालै सरकार र पीएसीबीच भएको वार्ता असफल भएपछि विरोध प्रदर्शन अझ चर्किएको हो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

रोल्पामा गाडी दुर्घटना हुँदा दुईदिने शिशुको मृत्यु
मन्थली नगर अस्पतालमा बिरामीको चाप बढ्दो, जनशक्ति अभावका कारण दैनिक लामो लाइन
तीन करोडको लागतमा बन्यो लेगुवा खोला पक्की पुल
आज सुनको मूल्यमा सामान्य गिरावट
दुर्गा प्रसाईंमाथि अनुसन्धान गर्न फेरि ५ दिन म्याद थपको अनुमति
स्वास्थ्य मन्त्रालयले माग्यो अस्पताल तथा स्वास्थ्य संस्थाहरुको जग्गाको विवरण
इलामका सीमावर्ती गाउँमा विद्यार्थी छन्, विद्यालय छैनन्
दुर्गा प्रसाईंका बडिगार्ड दीपक खड्का पनि पक्राउ
स्याङ्जाका किसानले बेचे ९० लाखको धानको बीउ
राष्ट्रिय सडक सञ्जालमा जोडिएको १४ वर्ष वितेपनि मुगुमा सडक कालोपत्रे हुन सकेन