धनुषाको मिथिलामा ५१२औं दिव्य धर्म यज्ञ दिवस मनाइँदै, अखण्ड भण्डारा गराइने

nepaltathya_news nepaltathya_news
|
मंगलबार, कार्तिक १८, २०८२
|
|
४ पटक हेरिएको
Shares

सारांश

  • १८ कात्तिक, धनुषा।
  • सन्त रामपाल जी महाराजको पावन सान्निध्यमा यही कार्तिक १८(आज) देखि २० गतेसम्म मिथिला नगरपालिका २ बेलाचापीस्थित सतलोक आश्रममा ५१२औं ‘दिव्य धर्म यज्ञ दिवस–२०८२’ सुरु भएको छ ।
  • भारतका १२ वटा सतलोक आश्रमहरूमा पनि यो ऐतिहासिक उत्सवको जोडतोडले तयारी चलिरहेको छ ।

१८ कात्तिक, धनुषा।

सन्त रामपाल जी महाराजको पावन सान्निध्यमा यही कार्तिक १८(आज) देखि २० गतेसम्म मिथिला नगरपालिका २ बेलाचापीस्थित सतलोक आश्रममा ५१२औं ‘दिव्य धर्म यज्ञ दिवस–२०८२’ सुरु भएको छ । भारतका १२ वटा सतलोक आश्रमहरूमा पनि यो ऐतिहासिक उत्सवको जोडतोडले तयारी चलिरहेको छ । करिब ५१२ वर्षअघि कबीर साहेबले काशीमा १८ लाख साधु सन्तहरूलाई तीन दिनसम्म मोहन भण्डारा गराएर ‘सत्य धर्म’ को सन्देश दिएका थिए ।

त्यसै दिव्य लीलाको स्मृतिमा यो दिवस मनाइने गरिएको छ । कार्यक्रममा तीन दिवसीय अखण्ड भण्डारा गराइने छ जसमा शुद्ध घिउमा बनेको लड्डू, जेरी, हलुवा, पूरी, तरकारी, सब्जी, अचार, आदि वितरण गरिनेछ । सन्त गरीबदासजी महाराजद्वारा लिखित ‘अमर ग्रन्थ साहिब’ को तीन दिवसीय अखण्ड पाठ गरिनेछ । शुद्ध घिउमा अखण्ड ज्योति पनि प्रज्वलित गरिन्छ जसलाई हवन यज्ञ भनिन्छ । विभिन्न सन्त तथा महापुरुषहरुको जीवनमा आधारित आध्यात्मिक प्रदर्शनी पनि लगाइनेछ । दाइजो तथा आडम्बर रहीत विवाह समारोहले वैवाहिक कार्यक्रम पनि राखिएको छ ।

मानव सेवा नै सच्चा धर्मको भावनासहित रक्तदान शिविर सञ्चालन हुनेछ । निःशुल्क नाम दीक्षामा सन्त रामपाल जी महाराजको साक्षात्कारमा साँचो मोक्षमार्गमा प्रवेश गराइने छ । उत्सवले आध्यात्मिक चेतना जगाउने, यथार्थ शास्त्रअनुसार भक्ति ज्ञान प्रचार गर्ने र सबै जात,धर्म तथा देशका मानिसबीच प्रेम, भाइचारा तथा शान्तिको सन्देश फैलाउने उद्देश्य रहेको आयोजक पूर्ण ब्रह्म कवीर उपासक समाज नेपालले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

रिङ्कु सदालाई न्याय दिलाउन सहयोग गर्ने अध्यक्ष प्रचण्डको प्रतिबद्धता
महानगरपालिकाभित्र फोहर, प्लाष्टिक तथा प्लाष्टिकजन्य बस्तु बाल्न प्रतिवन्ध
चीनसँगको व्यापार घाटा घटाउनुपर्नेमा मन्त्री भण्डारीको जोड
नेकपा एमालेको मूल व्यवस्थापन समितिको बैठक बस्दै
खहरेखोलाबाट आएको लेदोले बीपी राजमार्ग अवरुद्ध
११ महिनामा सुक्खाबन्दरगाहबाट रु ४५ अर्ब ६१ करोड राजस्व सङ्कलन
नेप्से सामान्य अंकले बढ्यो, कारोबार रकम घट्यो
पतञ्जली जग्गा प्रकरणमा प्रधानमन्त्रीबाट राजनीतिक प्रतिशोधको गन्ध आयो : प्रचण्ड
देशभर पानी पर्ने, चार प्रदेशमा भारी’ वर्षाको सम्भावना
बागमती प्रदेशमा मात्रै १८ हजार भन्दा बढी गाई ‘लम्पी स्किन’ संक्रमित।