प्राथमिकताका आधारमा बजेट विनियोजन गरिनुपर्छ : पूर्वअर्थमन्त्री महत

nepaltathya_news nepaltathya_news
|
बिहिबार, जेठ १, २०८२
|
|
३ पटक हेरिएको
Shares

सारांश

  •   १ जेठः काठमाडौँ,   नेपाली कांग्रेसका सांसद डा प्रकाशशरण महतले आगामी आर्थिक वर्षको बजेट प्राथमिकताको आधारमा विनियोजन गरिनुपर्ने बताउनुभएको छ ।
  • आर्थिक वर्ष २०८२/८३ का लागि विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकताका बारेमा प्रतिनिधिसभामा जारी छलफलमा उहाँले बजारमा सेयर र जग्गामा अत्यधिक लगानी भएकाले यथोचित परिणाम ल्याउन सक्दैन भन्नुभयो ।
  • सांसद महतले सिद्धान्त र प्राथमिकतामा सामाजिक न्याय, विकासको लाभ, आम नागरिकमा पु¥याउने उत्पादनमुखी विकासमा जोड दिनुपर्ने सुझाव दिनुभयो ।

 

१ जेठः काठमाडौँ,  

नेपाली कांग्रेसका सांसद डा प्रकाशशरण महतले आगामी आर्थिक वर्षको बजेट प्राथमिकताको आधारमा विनियोजन गरिनुपर्ने बताउनुभएको छ । आर्थिक वर्ष २०८२/८३ का लागि विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकताका बारेमा प्रतिनिधिसभामा जारी छलफलमा उहाँले बजारमा सेयर र जग्गामा अत्यधिक लगानी भएकाले यथोचित परिणाम ल्याउन सक्दैन भन्नुभयो ।

सांसद महतले सिद्धान्त र प्राथमिकतामा सामाजिक न्याय, विकासको लाभ, आम नागरिकमा पु¥याउने उत्पादनमुखी विकासमा जोड दिनुपर्ने सुझाव दिनुभयो । निजी क्षेत्र मैत्री र प्रतिस्पर्र्धी अर्थतन्त्र निर्माण गरी आत्मनिर्भर अर्थतन्त्र स्थापना गर्ने, विभिन्न तहको सरकारमा समन्वय कायम गर्ने, सार्वजनिक वृत्तमा देखिएका विकृतिहरु हटाउने, पुँजीगत खर्चलाई प्राथामिकताको आधारमा खर्च गर्ने र निजी क्षेत्रलाई थप सुधारका कार्यक्रममार्र्फत् कानुनी संस्थागत सुधारमा निजी क्षेत्रको सहभागितालाई वृद्धि गर्ने र समाजिक सुरक्षालाई लक्षित रूपमा अघि बढाउनेलगायतको विषयवस्तु समावेश गरिएको उहाँको भनाइ छ ।

“कुनकुन क्षेत्रमा काम गर्न सकिन्छ र उनीहरुलाई कसरी जोड्न सकिन्छ भन्ने विषयमा हामीले सोच्न जरुरी छ, कृषिमा प्राथमिकता दिने भनिएपनि कसरी दिने भन्ने विषयमा अझ छलफल हुन आवश्यक छ, भन्सारका विषयमा पनि नेपाली उत्पादनलाई प्राथमिकता दिनुपर्छ,”उहाँले भन्नुभयो । विद्युत् उत्पादनमा निजी क्षेत्रलाई प्राथमिकतामा राख्नुपर्ने सांसद महतले बताउनुभयो । शिक्षा क्षेत्रको गुणस्तरीयतामा दौडनुभन्दा विश्वविद्यालय खोल्नतर्फ लाग्नुपर्ने उहाँको विचार छ । त्यसैगरी सांसद महतले हरेक पालिकामा अस्पताल सम्भव नभएको भन्दै दुई तीन पालिकाको अन्तरमा अस्पताल निर्माण गरिनुपर्ने बताउनुभयो । सूचना प्रविधि क्षेत्रलाई प्रवर्द्धन गर्न जरुरी रहेको जनाउँदै उहाँले बजेट विनियोजनमा आवश्यक अनुशासन कायम गरिनुपर्नेमा जोड दिनुभयो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

रवि लामिछानेलाई सुविधाबाट बञ्चित गरिएको छैन, कारागार सार्ने तयारी पनि छ: गृहमन्त्री
ईशनाथका तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित तीन जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
७ महिनामा ९ खर्ब रेमिट्यान्स भित्रियो
गाजामा इजरायली हवाई आक्रमणः ११४ जनाको मृत्यु
छुवाछुतका विषय हेर्न विशेष प्रहरी डेस्क बनाउँछु: गृहमन्त्री लेखक
लोकतान्त्रिक अपांग संघ अध्यक्षमा माधव चम्लागाईं
आजदेखि बजेट अधिवेशन, प्रधानमन्त्रीले सम्बोधन गर्ने
आज प्रधानमन्त्री कार्कीले राजनीतिक दलका नेताहरुसँग छलफल गर्ने
सप्तरीमा लुटेराहरुले गरे नेपाल बैंकका सुरक्षा गार्डको हत्या
गोरखामा स्कुटर दुर्घटना हुँदा एक जनाको मृत्यु