लागूऔषधसहित ४ जना पक्राउ

nepaltathya_news nepaltathya_news
|
आइतबार, फाल्गुन २५, २०८१
|
|
१ पटक हेरिएको
Shares

सारांश

  •   २५ फागनु, काठमाडौं ।
  • अवैध लागूऔषधसहित प्रहरीले सुनसरी र इलामबाट चार जनालाई पक्राउ गरेको छ ।
  • जिल्ला प्रहरी कार्यालय इलामबाट खटिएको प्रहरी टोलीले २४ फागुनमा इलामको इलाम नगरपालिका–९ मा चेकजाँचको क्रममा मे १ च ४५२५ नम्वरको पिकअप गाडीको डिकीमा लुकाई छिपाई राखेको अवस्थामा ३ सय ८० मिलिग्राम ब्राउन सुगर बरामद गरेको हो ।

 

२५ फागनु, काठमाडौं । अवैध लागूऔषधसहित प्रहरीले सुनसरी र इलामबाट चार जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय इलामबाट खटिएको प्रहरी टोलीले २४ फागुनमा इलामको इलाम नगरपालिका–९ मा चेकजाँचको क्रममा मे १ च ४५२५ नम्वरको पिकअप गाडीको डिकीमा लुकाई छिपाई राखेको अवस्थामा ३ सय ८० मिलिग्राम ब्राउन सुगर बरामद गरेको हो ।

प्रतिबन्धित लागूऔषध ब्राउन सुगर बरामद भएसँगै उक्त गाडी सहित चालक इलाम नगरपालिका–१२ का रोशन लिम्बू र सोही स्थानका मनिष राईलाई प्रहरीले नियन्त्रणमा लिएको छ । यसैगरी सुनसरीको प्रहरी चौकी पानवारीबाट खटिएको टोलीले धरान उप–महानगरपालिका–६ का २६ बर्षीय योगेश कार्की र धरान–१० का २२ बर्षीय लोकबहादुर मगरलाई निषेधित औषधि ट्रामाडोल १२७ ट्याब्लेट, डिकोलिक ११५ ट्याब्लेट, स्पास्मो र स्पासपेन २३ ट्याव्लेट सहित नियन्त्रणमा लिएको छ ।लागूऔषधसहित पक्राउ परेका चारैजनामाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

राष्ट्रपति पौडेलसँग अजरबैजानका उपविदेशमन्त्रीको शिष्टाचार भेट
तनहुँमा करेन्ट लागेर एक पुरुषको मृत्यु
एकान्तकुनामा पिकअपको ठ*क्करबाट पैदल यात्रीको मृ*त्यु
काठमाडौंमा एक लाखभन्दा बढी किशोरीलाई क्यान्सरविरुद्धको खोप लगाइने
कांग्रेस केन्द्रीय समिति बैठक सुरु
मकवानपुरमा यात्रीबस दुर्घटना १६ जना घाइते, गुडिरहेको कारमा आगलागी
सशस्त्र प्रहरीले माग्यो २८ जना प्रहरी निरीक्षक
रास्वपा संसदमा प्रवेश गरेसँगै सदन हेर्न र सुन्नलायक भएको छः डोलप्रसाद अर्याल
पोखरा लेखनाथ महोत्सवको प्रवेश गेटमा बस दुर्घटना, एक व्यवसायीको मृत्यु
इरानले भन्यो – हामीलाई संयमता अपनाऊ भन्नुको अर्थ छैन