भारतबाट अवैध रूपमा आयात हुने सेतो अण्डा सशस्त्र प्रहरीद्वारा नष्ट

nepaltathya_news nepaltathya_news
|
आइतबार, चैत्र ३, २०८१
|
|
१ पटक हेरिएको
Shares

सारांश

  • ३ चैत, जनकपुर ।
  • सशस्त्र प्रहरी बलले भारतबाट अवैध रूपमा आयात हुने सेतो अण्डा बरामद गरी नष्ट पार्ने क्रम तीव्र बनाएको छ ।
  • मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले भारतबाट अवैध ढङ्गले भित्रिने अण्डा, चल्ला, तयारी कुखुरा, कुखुराको मासु, क्रेट, कार्टुन र भ्याक्सिनको ओसारपसार नियन्त्रण गर्न प्रदेशस्थित उच्चपदस्थ सुरक्षा अधिकारीलाई निर्देशन दिएलगत्तै सशस्त्र प्रहरीले सेतो अण्डा बरामद गरी नष्ट पार्ने क्रम तीव्र बनाएको हाे ।

३ चैत, जनकपुर ।

सशस्त्र प्रहरी बलले भारतबाट अवैध रूपमा आयात हुने सेतो अण्डा बरामद गरी नष्ट पार्ने क्रम तीव्र बनाएको छ । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले भारतबाट अवैध ढङ्गले भित्रिने अण्डा, चल्ला, तयारी कुखुरा, कुखुराको मासु, क्रेट, कार्टुन र भ्याक्सिनको ओसारपसार नियन्त्रण गर्न प्रदेशस्थित उच्चपदस्थ सुरक्षा अधिकारीलाई निर्देशन दिएलगत्तै सशस्त्र प्रहरीले सेतो अण्डा बरामद गरी नष्ट पार्ने क्रम तीव्र बनाएको हाे । त्यसयता सशस्त्र प्रहरी बलले गत फागुनमा मात्र ३२४ क्यारेट सेतो अण्डा बरामद गरी नष्ट गरेको जनाएको छ ।

साथै यही चैत २ गते ४५ क्यारेट सेतो अण्डा महोत्तरीमा बरामद गरी नष्ट गरेको सशस्त्र प्रहरी बल मधेस प्रदेश छिन्नमस्ता बाहिनी नम्बर २ मुख्यालयका प्रमुख एवं सशस्त्र प्रहरी नायब महानिरीक्षक कालीदास धौवजीले बताए ।  उनले सशस्त्र प्रहरी बलले नियमित रूपमा गर्दै आएको सेतो अण्डा ओसारपसार नियन्त्रण कार्यलाई अभियानकै रूपमा अगाडि बढाएको बताए ।

भारतबाट अवैध रूपमा भित्रिने त्यस्ता वस्तुका कारण व्यवसायमा समस्या भएको, भारतका विभिन्न प्रान्तमा देखापरेका बर्डफ्लु भित्रिने जोखिम उच्च रहेकाले पोल्ट्रीजन्य पदार्थको अवैध आयात नियन्त्रण गर्नुपर्ने भन्दै नेपाल लेयर्स कुखुरापालक सङ्घले बुधबार मुख्यमन्त्री सिंहको ध्यानाकर्षण गराएको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?