संवैधानिक नियुक्ति विवाद हेर्दाहेर्दैमा, अर्को सुनुवाइ पर्सि

nepaltathya_news nepaltathya_news
|
मंगलबार, बैशाख ३०, २०८२
|
|
३ पटक हेरिएको
Shares

सारांश

  •   ३० वैशाख, काठमाडौं ।
  • सर्वोच्च अदालतको संवैधानिक इजलासले विभिन्न संवैधानिक अंगका ५२ पदाधिकारीको नियुक्ति विवाद आज पनि हेर्दाहेर्दैमा राखेको छ।
  • मंगलबार दिनभर विपक्षीका तर्फबाट बहस भएको थियो।

 

३० वैशाख, काठमाडौं ।

सर्वोच्च अदालतको संवैधानिक इजलासले विभिन्न संवैधानिक अंगका ५२ पदाधिकारीको नियुक्ति विवाद आज पनि हेर्दाहेर्दैमा राखेको छ।मंगलबार दिनभर विपक्षीका तर्फबाट बहस भएको थियो। माघ ३० गते खोलिएको फाइलमा मंगलबार १० औँ दिन सुनुवाइ भएको हो। पछिल्लो समय निरन्तर सुनुवाइ भइरहेको छ। र, ४ वर्षअघिको विवादको सुनुवाइ बल्ल अन्तिम चरणमा पुगेको छ।

तर, लामो समयदेखि संवैधानिक इजलासका अरू मुद्दा प्रभावित भएपछि प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतले बुधबार अन्य मुद्दाको सुनुवाइ हुने गरी पर्सि बिहीबार संवैधानिक नियुक्ति विवाद पेसीमा चढाउन सर्वोच्च प्रशासनलाई भनेका हुन्।सुनुवाइ लम्बिँदै जाँदा भ्रष्टाचारविरूद्ध कारबाही चलाउने शक्तिशाली संवैधानिक निकाय अख्तियार दुरुपयोग अनुसन्धान आयोगको काममा पनि त्यसको असर देखिन थालेको छ।

चार वर्षअघि केपी शर्मा ओली नै प्रधानमन्त्री छँदा दुईपटक गरी ५२ जनालाई अख्तियारसहित विभिन्न संवैधानिक आयोगमा नियुक्त गरिएको थियो। ती नियुक्ति गैरकानुनी रहेको दाबी गरी अधिवक्ता ओमप्रकाश अर्यालले २०७७ पुस १ गते पहिलो रिट निवेदन दायर गरेका थिए। अरू १४ वटा निवेदन यही विषयमा परेका थिए। ती सबै निवेदन एकसाथ राखी सुनुवाइ चलिरहेको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सौराहामा नेपाल बारको राष्ट्रिय गोष्ठी
अर्घाखाँचीमा जिप दुर्घटना हुँदा २ जनाको मृ*त्यु
बागमती नगरपालिकाका मेयर एकैदिन २ भ्रष्टाचार मुद्दामा दोषी ठहर
सुरु भयो माओवादी केन्द्रीय समिति बैठक
बाजुराको बाम्का बजारमा ग्यास सिलिण्डर पड्कियो, १८ वटा पसल जले
सगरमाथामा धेरै फोहोर थुप्रियो, लगिएका खानेकुराका खोल फर्किंदा बेस क्याम्पमा बुझाउने गरौँ: प्रधानमन्त्री
धानखेती योग्य जमिनमा सिचाइँ सुविधा विस्तार गर्नु जरुरी छ : राष्ट्रपति पौडेल
११ महिनामा यूएईमा २८१ नेपालीको मृ*त्यु
जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव प्रधानमन्त्री भेट्न बालुवाटारमा
प्रचण्ड र पूर्णबहादुरबीच छलफल जारी