सुरु भयो माओवादी केन्द्रीय समिति बैठक

nepaltathya_news nepaltathya_news
|
बिहिबार, आश्विन ९, २०८२
|
|
७ पटक हेरिएको
Shares

सारांश

  • ९ असोज, काठमाडौं ।
  • नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक सुरु भएको छ ।
  • प्रज्ञा भवन कमलादीमा सुरु बैठकमा महासचिव देव गुरुङले बैठकका एजेण्डाहरु प्रस्तुत गरेका छन् ।

९ असोज, काठमाडौं ।

नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक सुरु भएको छ । प्रज्ञा भवन कमलादीमा सुरु बैठकमा महासचिव देव गुरुङले बैठकका एजेण्डाहरु प्रस्तुत गरेका छन् । बैठकमा अध्यक्ष प्रचण्डले समसामयिक राजनीतिक प्रस्ताव प्रस्तुत गर्ने कार्यक्रम छ । प्रस्तावउपर केन्द्रीय सदस्यहरुले आफ्ना धारणा राख्नेछन् । बैठकमा विशेष महाधिवेशन सम्बन्धी तयारी, आम निर्वाचन, पार्टी एकता लगायत विषयमा छलफल हुनेछ ।

बैठकमा विकसित राजनीतिक परिस्थितिबारे प्रचण्डले समसामयीक राजनीतिक प्रस्तावबारे छलफल गरी निर्णय लिने माओवादी केन्द्रले जनाएको छ । त्यसपछि आगामी महाधिवेशनको मिति र स्थान तय गरिने नेताहरुले बताएका छन् । प्रवक्ता अग्नि सापकोटाका अनुसार जेनजी युवा आन्दोलनपछि विकसित राजनीतिक परिस्थ्तििमा पार्टीको आगामी महाधिवेशनको मिति तय गर्ने लगायतका विषयमा छलफल हुनेछ । माओवादीका उपमहासचिव जनार्दन शर्माले समसामयीक परिस्थितिमा पार्टीको नीति र नेतृत्व परिवर्तन गर्नुपर्ने विशेष महाधिवेशनको माग गर्दै आएका छन् । जनेजी युवा आन्दोलनपछि उनले अध्यक्ष प्रचण्डको राजीनामा नै मागेका छन् ।

आइतबारको पदाधिकारी बैठकमा उपमहासचिव शर्माले वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठलाई संयोजक बनाएर विशेष महाधिवेशनमा जानुपर्ने प्रस्ताव राखेका थिए । दुई वर्षदेखि नेतृत्व परिवर्तनको अडानमा रहेका शर्माकै जस्तो तर्क श्रेष्ठको पनि थियो । ‘अलग तर्क र सन्दर्भ भएपनि नेतृत्व परिवर्तनमा उहाँहरू एकैठाउँ जस्तो देखिनुभयो,’ बैठक स्रोत भन्छ । अध्यक्ष प्रचण्डले केन्द्रीय समितिसहित पार्टीका सबै कमिटी भंग गरेर आगामी मंसिरमा महाधिवेशन गर्ने प्रस्ताव पदाधिकारी र स्थायी समिति बैठकमा गरेका छन् । आजको केन्द्रीय समिति बैठकले त्यसबारे औपचारिक निर्णय गर्ने नेताहरुले बताएका छन् ।

प्रचण्ड पक्षका नेताहरु भने महाधिवेशन आयोजक समितिको संयोजक प्रचण्ड नै हुनुपर्ने पक्षमा छन् । उपाध्यक्ष पम्फा भुसालले केन्द्रीय कमिटी बैठकले मंसिरमा विशेष महाधिवेशन गर्ने र प्रचण्ड संयोजक रहनेगरी आयोजक समिति बनाउने निर्णय हुने बताएकी छन् । नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठकमा अध्यक्ष प्रचण्डले राजनीतिक प्रस्तावमा सामूहिक छलफल गर्ने तयारी छ ।

भौगोलिक र गैरभौगोलिक गरी १२ वटा समूहमा सदस्यहरुलाई विभाजन गर्ने तयारी छ । भौगोलिक ७, प्रवासका ३ तथा सम्पर्क विशेष र उपत्यका विशेष एक–एक प्रदेश गरी १२ प्रदेशमा सदस्यहरुलाई विभाजन गरिने छ । ती समूहले आ–आफ्नो टोली नेता चुन्नेछन् र टोली नेताले आफ्नो समूहमा भएको छलफलका विषयबारे बैठकमा जानकारी गराउने छन् । ‘प्रत्येक सदस्यलाई बोल्न दिँदा बैठक लम्बिने भएकाले समूह विभाजन गरी सामूहिक छलफल गर्ने तयारी छ,’ स्रोतले भन्यो । बैठकमा सहभागीहरुलाई प्रवेश शुल्कको रुपमा एक हजार रुपैयाँ तोकिएको छ । नेकपा माओवादी केन्द्रको केन्द्रीय कार्यालय सचिव गणेशमान पुन रश्मीले हल भाडा, खाजा, पानी लगायतको व्यवस्थापनका लागि सहभागीहरुबाट रकम संकलन गरिने बताए । ‘त्यो भनेको एकदम न्यूनतम रकम हो,’ उनले भने । आज र भोलि दुई दिनसम्म बैठक बस्ने उनले बताए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नागरिकको आवश्यकतालाई सम्बोधन गर्नेगरी नीति निर्माण हुनुपर्छः मन्त्री पौडेल
बाढीले डाइभर्सन भत्काउँदा पूर्वपश्चिम राजमार्ग अवरुद्ध
संवैधानिक परिषद्को बैठक बस्दै
बजेट अनुमोदन गर्न मन्त्रिपरिषद् बैठक हुँदै
१०० दिन पूरा भएपछि सरकारको विरोध सुरु हुन्छ : प्रचण्ड
प्रधानमन्त्री ओलीको विरोध आह्वान गर्ने ४ जना नियन्त्रणमा
निकासी कर हटाउन माग गर्दै किसानद्वारा तरकारी राखेर राजमार्ग अवरुद्ध
बागमती सरकारबाट बाहिरियाे एमाले, मन्त्रीहरुले बुझाए राजीनामा
विराटनगरमा प्रहरीको सुरक्षा घेरा तोडेर अस्पतालबाटै जबरजस्ती करणी मुद्दाका कैदी फरार
पाँच महिनामा देशभरबाट ५८ सयभन्दा बढी फरार प्रतिवादी पक्राउ