झापामा श्रीमानको खुकुरी प्रहारबाट श्रीमतीको मृ*त्यु

nepaltathya_news nepaltathya_news
|
आइतबार, बैशाख २८, २०८२
|
|
३ पटक हेरिएको
Shares

सारांश

  •   २७ वैशाख, झापा : झापामा श्रीमानको खुकुरी प्रहारबाट श्रीमतीको मृत्यु भएको छ ।
  • कनकाई नगरपालिका–२ सुकेडाँगी निवासी ३५ वर्षीय कविराज हेमरमले आफ्नै श्रीमती ३४ वर्षीया पूजा हेमरममाथि खुकुरी प्रहार गर्दा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
  • प्रहरीका अनुसार गएराति अन्दाजी ११:२० बजेको समयमा कविराजले झैझगडा पश्चात् आफू सुत्ने कोठामा श्रीमती पूजालाई खुकुरीले घाँटीमा प्रहार गरेका थिए ।

 

२७ वैशाख, झापा :

झापामा श्रीमानको खुकुरी प्रहारबाट श्रीमतीको मृत्यु भएको छ । कनकाई नगरपालिका–२ सुकेडाँगी निवासी ३५ वर्षीय कविराज हेमरमले आफ्नै श्रीमती ३४ वर्षीया पूजा हेमरममाथि खुकुरी प्रहार गर्दा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

प्रहरीका अनुसार गएराति अन्दाजी ११:२० बजेको समयमा कविराजले झैझगडा पश्चात् आफू सुत्ने कोठामा श्रीमती पूजालाई खुकुरीले घाँटीमा प्रहार गरेका थिए । खुकुरी प्रहारबाट उनको घटनास्थलमै मृत्यु भएको थियो । घटनापछि फरार रहेका कविराजलाई प्रहरीले सुरुङ्गा सडकबाट नियन्त्रणमा लिएको थियो । शवलाई पोस्टमार्टमको लागि प्रादेशिक अस्पताल भद्रपुरमा पठाइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?